नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २९, २०८२ बागेश्वरी पोस्ट
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका

नेपालगन्ज । वैदेशिक रोजगारीको अनुभव बोकेर स्वदेश फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कोहलपुर नगरपालिकाले उद्यमशीलतामुखी पहल थालेको छ । रोजगारीको खोजीमा विदेश पुगेका तर स्वदेशमै सम्भावना खोज्न चाहने २७ जना स्थानीयलाई लक्षित गर्दै पाँच दिने उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ ।

कोहलपुर नगरपालिका अन्तर्गतको रोजगार सेवा केन्द्रले आयोजना गरेको उक्त तालिम आज सम्पन्न भएको हो । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उत्पादनशील क्षेत्रमा जोड्ने लक्ष्यसहित तालिम प्रदान गरिएको रोजगार संयोजक आशिष बर्माले बताए । तालिममा आप्रवासी श्रमिक संरक्षण सञ्जाल, बाँकेको सहकार्य तथा ञदिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाझको आर्थिक साझेदारी रहेको थियो ।

सहभागीहरूलाई व्यवसायिक योजना निर्माण, उपयुक्त व्यवसाय छनौट गर्ने विधि, सफल उद्यमीका व्यवहार तथा सीप, पेशागत दक्षता विकासलगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । आप्रवासी श्रमिक संरक्षण सञ्जाल, कोहलपुर नगर सञ्जालका अध्यक्ष खड्क बहादुर चन्दको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्री, रोजगार संयोजक बर्मा तथा रोजगार सहायक शिवा परियारको उपस्थिति रहेको थियो ।

तालिममा वरिष्ठ प्रशिक्षकहरू राज बहादुर चौधरी र टोपलाल विकले सहजीकरण गरेका थिए । साथै, सहभागीहरूलाई उद्यम सुरु गर्न आवश्यक वित्तीय पहुँचका विषयमा जानकारी गराउँदै बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक शोभा गुरुङले सहकारीमार्फत ऋण लगानी प्रक्रिया स्पष्ट पारे । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्ती मगरले उद्योग दर्ता र आबद्धता प्रक्रियाबारे जानकारी दिएका थिए भने कोहलपुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख वीर बहादुर विकले स्थानीय तहमा व्यवसाय दर्ता गर्ने प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।

तालिमले सहभागीहरूमा उद्यमशीलता विकासप्रति आत्मविश्वास बढाएको बर्माले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्दै आर्थिक समृद्धितर्फ उन्मुख गराउने स्थानीय सरकारको प्रयासका रूपमा यस कार्यक्रमलाई हेरिएको पनि उनको भनाई छ ।


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP