नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २९, २०८२ बागेश्वरी पोस्ट
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न

प्रहलाद विश्वकर्मा/खजुरा । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४४औं जिल्ला बार्षिक साधारण सभा खजुरामा आइतबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि.क.ले विपद् व्यवस्थापनका क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताउँदै आगमी दिनमा पालिकाबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोद कुमार शर्माले रेडक्रसको सेवा समुदायस्तरसम्म निर्वाध रुपमा प्रवाह भैरहेको बताउँदै नेपाल सरकारको वर्तमान संरचना अनुसार रेडक्रसको संशोधित विधान २०८२ मा महिलाको सहभागिता सुनिश्चित गरेको जानकारी गराए ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले नेपाल रेडक्रसको प्रचलित विधानको बारेमा स्पष्ट पार्दै २०८३ बैशाख २६ गते ४ वटा प्रदेशमा पालिका शाखाको निर्वाचन हुने कार्यक्रम रहेको बताए । उनले अबका दिनमा रेडक्रसकर्मीहरुले रेडक्रसका सिद्धान्त मूल्यमान्यता आत्मसाथ गर्दै आगाडि बढ्नुपर्नेमा जोड दिँदै लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि प्रयास भएता पनि हालै मात्र २०८२ पौष २५ गते विधान संशोधन महाधिवेशनबाट पारित भई नेपाल सरकारबाट प्रमाणिकरण भएको र सोही अनुसार रेडक्रसका गतिविधि संचालन भइरहेको उल्लेख गरे ।

बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हाल रेडक्रस लयमा फर्किएको बताउँदै स्थानीय सरकार र अन्य सरोकारवाला निकायले रेडक्रसप्रति देखाएको सद्भाव र सहयोगप्रति अभार व्यक्त गरे । बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले आ.ब.२०८१/२०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा १ लाख ४९ हजार ७ सय २० जना लाभाविन्त भएको जानकारी दिए । यस्तै आगामी आ.ब.२०८३/२०८४ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.ब. आ.ब.२०८१/२०८२ को लेखा परीक्षण प्रतिवेदन र आ.ब.२०८३/२०८४ का लागि रु.३ करोड ५० लाख ३७ हजार ६ सयको प्रस्तावित बजेट पेश गरे ।

सभासद्हरुले उक्त प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी कार्यक्रम तथा बजेट स्वीकृत गरेका थिए । समुदायस्तरमा रेडक्रसका मानवीय सेवा प्रवाह गरी जिल्लास्तरमा १७ उपशाखाहरू मध्ये उदाहरण प्रस्तुत गरेको खजुरा उपशाखालाई उत्कृष्ट सेवाको कदर स्वरूप शील्ड तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा १७ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवधिमा नेपाल रेडक्रस सोसाइटीको यशस्कार र विशिष्ट सदस्यता प्राप्त गरेका व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पुरैनी उपशाखाका सभापति शिवकुमार वर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन बाँके शाखाका लेखा अधिकृत झवीलाल शर्माले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP