नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २, २०८२ बागेश्वरी पोस्ट
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण

नेपालगन्ज । बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई निर्वाचित गराउन नेपाली कांग्रेसप्रति सर्बसाधारण नागरिकको आर्कषण बढ्दै गएको छ । कांग्रेसबाट नै देश र बाँके जिल्लाले निकास पाउने ठहर गर्दै विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गर्न थालेका हुन् । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा शनिबार ठूलो संख्याका ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु लियाकत खान, अनमर अन्सारी, मुन्ना शेख, आरिफ शेखसहित ३५ जना व्यक्ति कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला, नेता मोहम्मद याकुव अन्सारी, हाजी मोहम्मद कादिर अन्सारी, नेपाली कांग्रेस नेपालगन्ज–५ का वडा सभापति मेराज हल्वाई लगायतले स्वागत गरेका थिए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले सबै जात, धर्म, समुदाय र लिंगलाई समान ब्यवहार गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए । पछिल्लो समयमा कतिपयले विभिन्न जात र धर्मको आधारमा राजनीति गरिरहेको देख्दा दुःख लाग्ने गरेको उनले सुनाए । ‘यो स्वर्गीय सुशिल कोइराला लड्ने निर्वाचन क्षेत्र हो, म स्मरण गराउन चाहन्छु, धेरै पार्टीका साथीहरुले जात, धर्म र लिंगको नाममा राजनीति गरेको हामी देख्छौं,’ उम्मेदवार कोइरालाले भने, ‘यो त्यही क्षेत्र हो, जुन क्षेत्रबाट आदरणीय सुशिल कोइरालाले मुस्लिम समुदायका कति साथीहरुलाई सांसद बनाउनुभयो, तर, अरु दललाई हेर्नुस्, धर्मको नाममा राजनीति गर्ने र आफू मात्रै नेता भइराख्ने प्रवृत्ति छ ।’

नेपाली कांग्रेसले बाँके जिल्लाबाट मेराज अहमद साह, मोहम्मदी सिद्धिकी र अब्दुल हमिद सिद्धिकी ‘भोला’ लाई सांसद बनाएर उदाहरण प्रस्तुत गरेको उनले प्रष्ट्याए । आफू नेता नभई सेवक बनेर जनताको काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवार कोइरालाले भने, ‘म चुनाव जिते पनि, हारे पनि तपाईंहरुको सेवक बनेर काम गर्नेछु, तपाईंहरुको आशिर्बादले म अगाडि बढ्नेछु ।’ जेन–जी युवाहरुले २००७ सालदेखि हालसम्म नेपाली कांग्रेसले पुर्याएको योगदानलाई अध्ययन गर्न जरुरी रहेको उनले बताए । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसमा मात्र राजनीतिक भविष्य रहेको कुरा औंल्याए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडा सभापति मेराज हल्वाईको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई नेपाली कांग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली (वादी), कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका पूर्व सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता एवम् मुस्लिम अगुवा हाजी मोहम्मद कादिर अन्सारी, पार्टीका महासमिति सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिकाका पूर्व उपमेयर उमा थापा मगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा पार्टीको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार नै सम्बोधन गर्दै उम्मेदवार कोइरालाले देशमा हुदै आएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको बताए । नेपालगन्ज–१० का स्थानीय बासिन्दा समेत रहेका उम्मेदवार कोइरालाले भने, ‘सादगी नेता स्वर्गीय सुशिल कोइरालाको यही वडाबाट हामी चार तारे झण्डा फहराउनेछौं, नेपाली कांग्रेसले हरेक पटक परिवर्तनको निम्ति क्रान्ति गरेको छ, परिवर्तनका निम्ति लडेको छ ।’

विभिन्न पार्टी र ब्यक्तिले जेन–जी युवाहरुको भावनालाई समेटेर भ्रामक समाचार फैलाइरहेको भन्दै भ्रममा नपर्न उनले सबैलाई अपील पनि गरे । ‘हामी नै हौं जेन–जीहरुको नेतृत्व गर्ने भनेर विभिन्न पार्टी र व्यक्तिले जेन–जीको भावनालाई समेटेर विभिन्न भ्रामक समाचार फैलाइरहेको कुरा सुनिरहेका छौं, तर कोही पनि भ्रममा नपर्नुस्, जेन–जीको भावना अनुसार आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पार्टी नेपाली कांग्रेस मात्र हो ।’

जेन–जीको भावना अनुसार नेपाली कांग्रेसले आफ्नो नीति मात्रै परिवर्तन नगरेर युवा नेता गगन थापालाई नेतृत्वमा पुर्याएको कोइरालाले प्रष्ट्याए । कांग्रेसले जेन–जीको भावना अनुसार यस पटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ ठाउँमा आफू जस्ता नयाँ अनुहारलाई उम्मेदवार बनाएको जानकारी दिए । ‘जेन–जीले उठाएका मागहरु ठीक थिए, भ्रष्टाचारको अन्त्य गर्न माग गरेका थिए, जेन–जीको काँधमा बन्दुक राखेर भोलिपल्ट देश जलाउने काम भयो,’ कोइरालाले थपे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का कार्यबाहक सभापति राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसकी निर्वतमान केन्द्रिय सदस्य रंगमति शाही, कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, महासमिति सदस्य भारती जोशी, युवा नेता शिवराज सिग्देल लगायतले उम्मेदवार कोइरालालाई जितको शुभकामना दिएका थिए । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ सचिवालयका अनुसार उम्मेदवार कोइरालाले शनिबार नै नेपालगन्ज र डुडुवाका विभिन्न स्थानमा घरदैलो तथा भेटघाट गरेका छन् ।


प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP