नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन

कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर ६, बुद्धचोककी शान्ति पुन यो पटक रुख चिन्हमा भोट हाल्न पाउने भएपछि निकै खुसी देखिएकी छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका कारण उनले रुख चिन्हमा भोट हाल्ने अवसरबाट वञ्चित हुनुपरेको थियो । आइतबार घरदैलो अभियानका क्रममा बुद्धचोक पुगेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेलसँग कुरा गर्दै उनले भनिन्,‘यो पटक काँग्रेसले रुखमै मत हाल्ने सुनिश्चितता गरेकोले भोट तपाईंलाई दिन्छौं ।’ जेनजी आन्दोलनपछि काँग्रेस बदलिएर आएकोमा समेत उनी उत्साहित देखिएकी थिइन् । उनले भनिन्,‘काँग्रेस नवजवानहरुको भावना बुझेर बदलिएर आएको छ । गगन थापाले काँग्रेसको नेतृत्व सम्हालेपछि ठूलो भरोसा र उत्साह जागेको छ । युवाहरुको भावना काँग्रेसले मात्रै सम्बोधन गर्छ भन्ने विश्वास लागेको छ ।’ नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बुद्धचोक पुग्दा स्थानीयहरु उत्साहित देखिन्थे । 

सादगी, त्यागी र अत्यन्तै सहयोगी भावनाका नेता गौडेललाई काँग्रेसले टिकट दिएर उम्मेदवार बनाएकोमा स्थानीय खुसी व्यक्त गरिरहेका छन् । घरदैलोका क्रममा स्थानीयहरुले आफ्नो टोल तथा छरछिमेकका विकास निर्माणका समस्याहरु समेत सुनाएका थिए । नाला, ढल निकास, सडक निर्माण लगायतका समस्या रहेको भन्दै उनीहरुले समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले आफूले पहिल्यैदेखि बुद्धचोकका समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए । उनले आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय सरकारले पनि क्रमशः विकास निर्माणका कामलाई गति दिएको पाएको छु,’ उनले भने, ‘बुद्धचोकका समस्या समाधानका लागि भूमिका खेल्छु, ढुक्क हुनुहोस् ।’ 

काँग्रेस वडा कार्यसमितिको अगुवाइमा घरदैलो अभियान सञ्चालन गरिएको वडा सभापति श्रीकृष्ण थारुले जानकारी दिए । घरदैलोमा स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताए । उनले आइतवार नै उम्मेदवार गौडेलको वडा नम्बर ७ र ११ मा पनि घरदैलो रहेको जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP