नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना

बाँके (खजुरा) । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले किसानलाई समस्या परेका बेला बोल्ने पार्टी नै नेपाली कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसले मात्र किसानका समस्या समाधान गर्न सक्ने उनको जिकिर छ । बाँकेको खजुरामा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष तिमिल्सिनाले किसानको आवाज बोल्ने पार्टीलाई मात्र आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा जिताउनुपर्ने बताए ।

नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन किसान महासंघले केन्द्रदेखि सातै प्रदेश, जिल्ला हुँदै वडा तहसम्म क्रियाशील अवस्थामा रहेका समितिलाई आवश्यक सर्कुलर गरिसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘किसान साथीभाईहरुलाई हामीले सर्कुलर गरिसकेका छौं, यस पटकको निर्वाचनमा आमकिसान दाजुभाई, दिदीबहिनीले नेपाली कांग्रेसलाई मतदान गरेर विजयी गराउनुहुनेछ,’ उनले भने ।

बाँके जिल्ला पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको भूमि रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले यही जिल्लाबाट प्रतिनिधित्व गर्दै कोइरालाले देशलाई संविधान दिएको बताए । यस्तै बाँकेको क्षेत्र नम्बर ३ कांग्रेसका तत्कालीन सह–महामन्त्री किशोरसिंह राठौर चुनाव लडेको क्षेत्र भएकाले धेरै महत्वपूर्ण योजना तथा कामहरु सम्पन्न भएको बताए । अझै पनि बाँकेको क्षेत्र नम्बर ३ मा अधुरा रहेका र सम्पन्न हुने क्रममा रहेका योजनालाई पूरा गर्नका लागि कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनलाई मतदान गरेर जिताउनु नै उत्तम हुने उनले बताए ।
 
‘बाँके क्षेत्र नम्बर ३ मा जसरी कांग्रेसप्रति क्षेत्रका मतदाताहरुले २०७९ सालमा सद्भाव राख्नुभएको थियो, अहिले पनि एक इन्च कमी नगरेर अमर सिंह पुनलाई विजयी गराउन म सबै किसान दाजुभाई, दिदीबहिनीलाई अपील गर्छु,’ उनले भने । नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर १ मा नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला र क्षेत्र नम्बर ३ मा अमर सिंह पुन जस्ता इमान्दार र योग्य व्यक्तिलाई उम्मेदवार बनाएको महासंघका अध्यक्ष तिमिल्सिनाले बताए ।
 
किसानहरुले भोग्दै आएका समस्यालाई महासंघले बारम्बार उठाएर सरकारलाई दवाव दिँदै आएको उनको दाबी छ । कतिपय समस्यालाई आफूहरुको पहलबाट समाधान पनि गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘हामीले किसानका धेरै समस्यालाई समाधान गराएका छौं, महासंघले नै पटक–पटक सरकारलाई ज्ञापनपत्र बुझाएको छ, किसानका समस्यालाई समाधान पनि गराएका छौं,’ उनले अगाडि थपे । पत्रकार भेटघाटमा महासंघका केन्द्रिय सदस्यहरु प्रेम खरेल, डा. बेदबहादुर केसी र हरि लामा, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खड्ग बुढाथोकी, लुम्बिनी प्रदेशका महासचिव महेन्द्र मल्ल ठकुरी, महासंघका पूर्ब केन्द्रिय सदस्य माया सुवेदी लगायतको उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP