नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

कोहलपुर । बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलप्रति मतदाताको आकर्षण क्रमशः बढ्दै गएको देखिएको छ । चुनावी माहोलसँगै गाउँघरका चोक–गल्लीमा नयाँ आशा र अपेक्षाको स्वर सुनिन थालेको छ, जसको केन्द्रमा छन् गौडेल र उनको नेतृत्वमा देखिएको ‘नयाँ काँग्रेस’ को छवि । आइतवार उनले कोहलपुर नगरपालिकाका तीन वटा वडामा घरदैलो गरे ।  वडा नम्बर ६ को बुद्धचौक, वडा नम्बर ७ को लखनवार र वडा नम्बर ११ मा पुगेका गौडेलले घरघर पुगेर मतदातासँग संवाद गरे, उनीहरुको समस्या सुने र समाधानका प्रतिबद्धता जनाए । घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका समस्याहरु खुलस्त राखे । धेरैले स्थानीय स्तरमा भएका काममा निरन्तरता नआएको, योजनाहरु अधुरै छोडिएको र समन्वयको अभाव रहेको गुनासो गरे । 

No photo description available.

गौडेलले प्रत्येक घरमा पुगेर ती समस्या सुनेपछि आफू निर्वाचित भए विकास निर्माणलाई प्राथमिकता दिने र जनतासँग नियमित संवाद गर्ने वाचा गरे ।  उनले भने, ‘विकास योजनालाई कागजमा होइन, व्यवहारमा देखाउने समय आएको छ ।’ उनले बदलिएको काँग्रेसले जनताको बीचमा बसेर काम गर्ने विश्वास दिलाए । वडा नम्बर ७ लखनवारमा घरदैलोका क्रममा भेटिएका स्थानीय दलबहादुर ओलीले आफ्नो धारणा राख्दै भने,‘सधैं २००७ सालको काँग्रेसको कुरा गरेर हुँदैन, अब २०९० सालको काँग्रेस चाहिन्छ ।’ उनले पार्टीभित्र पछिल्लो समय आएको नयाँ सोच र नेतृत्व परिवर्तनले आफू जस्ता मतदातामा आशा पलाएको बताए । विशेष गरी गगन कुमार थापाको नेतृत्व उदय भएपछि पार्टीभित्र ऊर्जा आएको र जनतामा पनि उत्साह देखिएको उनको भनाई थियो । ओलीले थपे, ‘अब हामीलाई भविष्य देखाउने काँग्रेस चाहिएको छ, अहिलेको नेतृत्वमा त्यो सपना देख्न पाएको छु ।’ उनले यस पटक आफूले मात्र नभएर लखनवार नजिकै रहेको पर्सादीपुर टोलबासीले नै गौडेललाई मतदान गर्ने प्रतिवद्धता जनाए । 

यस्तै अर्का स्थानीय कमानसिंह चौधरीले करिब एक दशकपछि फेरि रुख चिन्हमा मतदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘गौडेल जस्तो सादगी नेता पाउनु यो क्षेत्रका लागि भाग्यको कुरा हो ।’ चौधरीले नेताहरुले जितेपछि जनता बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिँदै गौडेललाई जनतासँग निरन्तर जोडिन आग्रह गरे । घरदैलो अभियानमा सहभागी काँग्रेस नेता फुलाराम थारुले गाउँघरमा जनताको प्रतिक्रिया उत्साहजनक रहेको बताए । उनका अनुसार, मतदाताले मुलुकको विकासका लागि काँग्रेसको विकल्प नभएको धारणा राखिरहेका छन् । थारुले भने, ‘घरदैलोमा जाँदा मानिसहरुमा आशा देखिन्छ । उनीहरु स्थिरता, विकास र सुशासनका लागि काँग्रेसलाई नै रोज्न चाहन्छन् ।’ गौडेलको घरदैलो अभियानले एकातिर जनताको समस्या नजिकबाट बुझ्ने अवसर दिएको छ भने अर्कोतर्फ मतदाताले पनि आफ्नो आवाज प्रत्यक्ष रुपमा उम्मेदवारसमक्ष राख्न पाएका छन् ।

May be an image of one or more people and text that says 'E'May be an image of one or more people and text


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP