नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ४, २०८२ बागेश्वरी पोस्ट
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए

कोहलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि पार्टीका उम्मेदवार जिताउन अग्रसर भएका छन्  । बाँके क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण प्रसाद गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किएका छन् । सोमवार बिहानको मधुरो घामसँगै गौडेलसंगै खत्री कोहलपुर नगरपालिका वडा नम्बर १० मा पुग्छन् । स्थानीयका ढोकाढोका पुग्दै उनी मतदातासँग हातेमालो गर्दै आफ्ना प्रतिबद्धता सुनाउँछन् । वडा कार्यसमितिको आयोजनामा भएको घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो । 

घरदैलोको क्रममा देखिएको उत्साहले चुनावी माहोललाई गौडेलमय बनाउँदै लगेको देखिन्थ्यो । स्थानीय बासिन्दा घरबाहिर निस्केर उम्मेदवारलाई स्वागत गर्छन्, आफ्ना समस्या राख्छन् र भविष्यका अपेक्षाहरु सुनारहेका थिए । पूर्व क्षेत्रीय सभापति खत्रीले गौडेलको घरदैलो अभियान उत्साहपूर्ण तरिकाले अघि बढिरहेको बताए । लामो समयदेखि बाँके क्षेत्र नम्बर १ का जनताको सुखदुःखमा खटिँदै आएका गौडेललाई यस पटक आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा पाउँदा मतदातामा थप उत्साह जागेको खत्रीले बताए । खत्री भन्छन्, “गौडेलजी यहाँका जनताको दुःखसुखसँग नजिकबाट जोडिनु भएको नेता हो । अहिले उहाँ उम्मेदवार बनेपछि स्थानीयले आफ्नो मान्छे चुनावमा उठेको अनुभूति गरेका छन् ।” 

घरदैलोमा भेटिएका धेरै मतदाताले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनीहरु भन्छन्, "अबको नेतृत्वले प्रतिवद्धता मात्रै होइन, परिणाम पनि देखाउनुपर्छ । गौडेलले पनि आफ्ना सम्बोधनमा जनताको अपेक्षा बुझ्दै त्यस अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।" उनले विकास र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो अभियान अघि बढाइरहेको बताएका छन् । अहिलेको काँग्रेस “बदलिएको काँग्रेस, देश बदल्ने अठोट” का साथ जनतामाझ आएकाले पनि मतदाताहरु उत्साहित भएको कोहलपुर नगरपालिका १० का सभापति मेघनाथ भट्टराईले बताए । यही सन्देशले पनि मतदातामा नयाँ उत्साह र विश्वास जगाएको उनको भनाई छ । उनले थपे, “जनताले अब परिवर्तन चाहेका छन् । काँग्रेसले त्यो परिवर्तनको जिम्मा लिने प्रतिबद्धता बोकेको छ ।”


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP