नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ४, २०८२ बागेश्वरी पोस्ट
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील

नेपालगन्ज । बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले सुझबुझका साथ रुख चुनाव चिन्हमा मतदान गर्न सबैलाई अपील गरेका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सोमबार (आज) सम्बोधन गर्दै उनले चुनावमा जात, धर्म, छिमेकी र नाता सम्बन्धका आधारमा मतदान नगर्न आग्रह गरे । ‘यो चुनावमा गलत मान्छेलाई चुन्नु भयो भने पाँच वर्षसम्म पछुताउनुपर्ने हुन्छ,’ कोइरालाले भने, ‘यो बेला नेताहरुको अनुहार राम्ररी हेरेर सुझबुझका साथ आफ्नो बहुमूल्य मतदानलाई प्रयोग गर्नुहोला ।’ देशमा राजनीतिक क्रान्ति भइसकेकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । कोइरालाले अगाडि थपे, ‘अब आर्थिक क्रान्ति गरेर देश र जनताको आर्थिक स्तर माथि उठाउनुपर्नेछ ।’

२००७ सालदेखि अहिलेसम्म मुलुकको हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको र गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पनि नेपाली कांग्रेसले अरु दल भन्दा अगाडि आफूलाई परिवर्तन गरेको दाबी गरे । ‘भर्खरै जेनजी आन्दोलन भयो, हाम्रा कलिला नानीबाबुहरुले सहादत प्राप्त गर्नुभयो, केही दलले आफूलाई जेन–जीको प्रतिनिधित्व गरेको भनेर युवाहरुलाई भ्रममा पार्ने काम गरे,’ उनले भने, ‘नेपाली कांग्रेसले नेतृत्व परिवर्तन मात्र होइन, आफ्नो नीतिमा पनि परिवर्तन ल्याएको छ ।’ नेपाली कांग्रेसले परिवर्तन स्वरुप यो निर्वाचनका लागि आफू जस्ता १ सय ६ जना नयाँ युवालाई उम्मेदवार बनाएको जानकारी दिए ।

बाँकेको क्षेत्र नम्बर ३ का बासिन्दाले सुशील कोइरालालाई निर्वाचित गराएर पठाएकाले बाँकेमा विकासका कामहरु धेरै भएको उनको भनाई छ । ‘नेपालगन्जमा हामीले जति पनि विकास देखिरहेका छौं, यसमा स्वर्गीय सुशील कोइरालाको योगदान छ, उहाँले विकास मात्रै गर्नु भएन, देशलाई संबिधान पनि दिनुभयो ।’ आफूले नेपाली कांग्रेसको शाखलाई तल झुक्न नदिने उम्मेदवार कोइरालाले वाचा गरे । नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का सभापति सतिशकुमार सोनीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, कांग्रेस नेता एवम् नेपाल तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाह, कांग्रेस नेता पुरन सिंह ठकुरी, विजय मल्ल लगायतले बोलेका थिए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा सोमबार नै आयोजित प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले वडा–वडामा देखिएको उत्साहले कांग्रेस जित नजिक पुगिसकेको बताए । ‘हजुरहरुको यति ठूलो उपस्थितिले नेपालगन्ज–२२ बाट नेपाली कांग्रेसले आफ्नो झण्डा फहराइसकेको छ, हामी जित नजिक पुगिसकेका छौं,’ उनले भने, ‘कतिपयले युवा साथीहरुलाई सामाजिक सञ्जालमार्फत भ्रममा पार्ने काम गरिरहेका छन्, कोही पनि भ्रममा नपर्नुहोला ।’ कांग्रेसले सधैंभरी परिवर्तनको लागि लडाइँ लड्दै आएको प्रष्ट्याउँदै उनले जेनजी आन्दोलनपछि युवाको भावनालाई समेटेर कांग्रेसले आफूलाई परिवर्तन गरिसकेको बताए । कांग्रेसले देशका लागि गरेको योगदानका बारेमा युवाहरुलाई बुझाउन जरुरी रहेको उनले प्रष्ट्याए । स्वर्गीय सुशिल कोइरालाको क्षेत्रमा आफूलाई नेपाली कांग्रेसको उम्मेदवारका रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै कोइरालाले आफू नेता नभई सेवक बनेर काम गर्न आएको बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले विगतका निर्वाचन भन्दा यस पटकको निर्वाचन निकै महत्वपूर्ण र संवेदनशील रहेको बताए । ‘यो चुनावमा सोच बिचार गरेर मात्र मतदान गर्नुहोला, कसैको बहकाउमा नलाग्नुहोला,’ उनले भने, ‘तपाईंहरुलाई कोही भ्रममा पार्न आउलान् ।’ बाँकेको विकासमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गी सुशिल कोइरालाको महत्वपूर्ण योगदान रहेको उनले बताए । स्वर्गीय कोइरालाले गरेको कामलाई आफूले गरेको भनेर केहीले भ्रामक प्रचार गरिरहेको चौधरीले बताए । स्वर्गीय सुशील कोइरालाकै भतिज शुधान्सु कोइराला अहिले बाँकेको क्षेत्र नम्बर २ मा उम्मेदवार रहेकाले रुख चिन्हमा मतदान गरेर जिताउन सबैलाई अनुरोध गरे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा सभापति बिद्याराम बर्माको सभापतित्वमा सम्पन्न भएको प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका महासमिति सदस्य राजकुमार बर्मा, निजामुद्धिन अन्सारी ‘छोट्कौ’, पूर्व उपमेयर एवम् महासमिति सदस्य उमा थापा मगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए । कोइरालाले सोमबार नै डुडुवा १ होलिया, नेपालगञ्ज वडा नम्बर २३ लगायतका स्थानमा प्रचारप्रसार कार्यालय उद्घाटन, भेटघाट गर्नुका साथै वडा स्तरीय भेलालाई सम्बोधन समेत गरेका छन् । 

May be an image of one or more people and crowd


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP