नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेल अहिले घरदैलो अभियानमार्फत जनताको बीचमा व्यस्त छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो विकासका एजेन्डा, स्थानीय समस्या समाधान र बदलिएर आएको काँग्रेसप्रतिको विश्वासबारे धारणा राख्दै आएका छन् । प्रस्तुत छ, गौडेलसँग गरिएको कुराकानीको मुख्य अंशः

काँग्रेसको चुनावी अभियान कस्तो चल्दै छ ?
नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र जनतामैत्री ढंगले अघि बढिरहेको छ । हामीले घरदैलो, टोलभेला, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । अहिले जनतामा परिवर्तनको चाहना प्रष्ट देखिएको छ र काँग्रेसप्रति विश्वास पनि बढेको छ । त्यसैले अभियान दिनदिनै सशक्त बन्दै गएको अनुभूति मैले गरेको छु । गगनकुमार थापा नेतृत्वमा आइसकेपछि कार्यकर्तामा उत्साह थपिएको छ ।

बदलिएर आएको काँग्रेसप्रति नागरिक के भन्छन् ?
अहिलेको काँग्रेस आत्मसमिक्षा गरेर नयाँ ऊर्जा, नयाँ सोच र नयाँ नेतृत्वसहित अघि बढिरहेको छ । नागरिकले पनि “काँग्रेस सुध्रिएको छ । अब देशलाई सही दिशामा लैजान सक्छ” भन्ने विश्वास व्यक्त गरिरहेका छन् । हामीले त्यो विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता गरेका छौं । 

तपाइँ उम्मेदवारका रुपमा मतदातामाझ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
म मतदातामाझ पुग्दा धेरै सकारात्मक प्रतिक्रिया पाएको छु। नागरिकले “हाम्रो सुखदुःखमा साथ दिने, विकासको काम गर्ने, सुशासन दिने नेता चाहियो” भन्ने अपेक्षा राखेका छन् । धेरैले काँग्रेसबाट आशा राखेका छन् र मलाई व्यक्तिगत रुपमा पनि विश्वास प्रकट गरेका छन् । यसले मलाई थप जिम्मेवार बनाएको छ। अर्को कुरा म सधैं नागरिककै सुखदुःखमा रहे । उनीहरुले भुइँ मान्छेका रुपमा लिन्छन् । निष्कलंक, पारदर्शी नेताका रुपमै लिएको मलाई महसुस भएको छ ।

तपाइँका एजेन्डा के छन् ?
मेरो मुख्य एजेन्डा समग्र बाँके क्षेत्र नम्बर १ को समुन्नत विकास हो । कृषिको आधुनिकीकरण र बजार सुनिश्चितता, युवाका लागि रोजगारी सृजना  शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक, सिंचाई र आधारभूत पूर्वाधारको विस्तार, सुशासन र पारदर्शिता यी सबैलाई प्राथमिकतामा राखेर मैले आफ्नो योजना बनाएको छु ।

बाँके क्षेत्र नम्बर १ का मुख्य समस्या के हुन् ?
यस क्षेत्रका प्रमुख समस्या भनेको बेरोजगारी, कृषि उत्पादनको उचित बजार अभाव, सडक तथा सिंचाई, पूर्वाधारको कमी, शिक्षा र स्वास्थ्य सेवाको कमजोर पहुँच र सीमावर्ती क्षेत्रका कारण उत्पन्न भएका सामाजिक आर्थिक चुनौतीहरु हुन् । त्योसंगै बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुबाट पनि नागरिकहरु आक्रन्त बनेका छन् । यी समस्याको समाधानका लागि दीर्घकालीन योजना र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ । त्यसका लागि स्वभाविक रुपमा मेरो नेतृत्वदायी भूमिका हुन्छ ।

बाँके राष्ट्रिय निकुञ्जका कारण नागरिकले दुख पाए भन्ने छ, मतदाताले पनि यो सवाल उठाएका छन् नि !
हो, यो निकै संवेदनशील विषय हो। बाँके राष्ट्रिय निकुञ्जको संरक्षण आवश्यक छ तर त्यसका कारण स्थानीय नागरिकको जीवन प्रभावित हुनुहुँदैन। बस्ती, खेतीपाती र जनजीवनमा परेको असरलाई ध्यानमा राखेर उचित व्यवस्थापन गर्नुपर्छ । स्थानीयलाई क्षतिपूर्ति, वैकल्पिक व्यवस्था र सहजीकरणको नीति लागू गर्नुपर्ने आवश्यकता छ। यो मुद्दालाई मैले प्राथमिकतामा राखेको छु । राष्ट्रिय निकुञ्ज ऐन संशोधन गरेर जनतामुखी बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु ।  

तपाइँलाई किन जिताउने ?
म जनताको प्रतिनिधि भएर काम गर्न चाहन्छु, शासक भएर होइन । मेरो प्रतिबद्धता भनेको इमान्दारी, पारदर्शिता र विकास हो । म सधैं जनताको बीचमा रहेर काम गरे । स्थानीयका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने नेता बन्न चाहन्छु । म पदमा नहुँदा पनि नागरिकका थुप्रै कामहरु गरेको छ । त्यसैले मतदाताले मलाई विश्वास गरेर जिताउनु भयो भने, म उहाँहरुको भरोसा टुट्न दिने छैन ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP