नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला

(डुडुवा, बाँके) । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदिका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गरेका छन् ।  डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा मंंगलबार आयोजित नेपाली कांग्रेस वडा स्तरिय भेलालाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् । राप्तीको बाढीका कारण वर्षौदेखि खेती योग्य जमीन डुवान र कटान भइरहेको भन्दै उनले डुबान नियन्त्रण र कटान रोकथामका लागि आवश्यक पहलकदमी लिने विश्वास दिलाए । युवा नेता कोइरालाले डुडुवाको समग्र समस्याबारे आफू जानकार मात्र नभई संवेदनशील र जिम्मेवार रहने समेत दाबी गरे ।

उनले डडुवाको कृषि उत्पादन वृद्धिका लागि उचित सिंचाई र मलखादको व्यवस्थाका लागि समेत आफू प्रतिवद्ध रहेको बताए । राजनीतिमा संस्कार र इमान्दारिता पनि जरुरी रहेको बताउँदै उनले आफू त्यो संस्कारबाट दिक्षित भएको उल्लेख गरे । समाजसेवा गर्नका लागि राजनीतिमा आएकाले जनताको हरेक सवालमा आफू समर्पित रहने उनको जिकिर थियो । उनले भने–‘यहाँहरुले विश्वास गरेर मलाई सांसदमा जिताउनुस्, त्यो विश्वासलाई म शीरोधार्य गर्नेछु ।’ अनेकन स्वार्थले पार्टीहरु खोल्ने, टुट्ने र फुट्ने भइरहेको प्रसंग कोट्याउँदै उनले भने–नेपाली कांग्रेसप्रति जनताको अपार विश्वास र माया रहेकाले आफू जित्नेमा विश्वस्त छु ।

नेपाली काँग्रेस महासमिति सदस्य राजकुमार बर्माले जनताको समस्या काँग्रेसले नै सम्वोधन गर्न सक्ने भन्दै युवा उम्मेदवार कोइरालालाई जिताउने अवसर नगुमाउन आह्वान गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बर्माले अन्य दलका झुठा आश्वासनमा विश्वास नगर्न पनि अपील गरे । यस्तै नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र चौधरीले पुरानो र भरपर्दो पार्टी काँग्रेस मात्रै भएकाले काँग्रेसकै उम्मेदवारलाई जिताउन अनुरोध गरे । नेपाली काँग्रेस वडा नम्बर २ का सभापति रामकुमार गोडियाको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश (क) सभापति ज्ञानेन्द्र चौधरीले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका पूर्व सभापति किरण कोइराला लगायतको ठूलो उपस्थिति रहेको थियो ।  


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP