नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया

नेपालगन्ज । "निर्वाचन आचारसंहिताः कानुनी व्यवस्था र व्यवहारिक अभ्यास" विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पुर्ण बहादुर खत्रीले निर्वाचन आचारसंहिताविरुद्ध कसैलाई द्वेषपूर्ण अभिव्यक्ति नदिन आग्रह गरे । उनले अनुगमन अधिकृतलाई आचारसंहिता उल्लङ्घन गर्ने र पालना नगर्नेलाई निर्वाचन आयोगले जरिवाना गराउन सक्ने र कारबाहीसम्म गर्न सक्ने अधिकार दिएको बताउँदै पहिलो पटक सम्झाउने, बुझाउने, विभिन्न सामाजिक सञ्जालमार्फत गरिएका द्वेषपूर्ण अभिव्यक्तिलाई हटाउन लगाउने गरिरहेको र पटक–पटक त्यस प्रकारका घटना दोहोरिएको पाइएमा कानुनी दायरामा ल्याइने उल्लेख गरे । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आचारसंहिता पालना गरे-नगरेको अवस्था तथा पालना गरे के हुने र नगरे के हुने भन्ने विषयमा स्पष्ट हुन जरुरी रहेका कारण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले सम्पूर्ण नागरिक लगायतका सरोकारवाला पक्षले आचारसंहिताका बारेमा जानकारी पाउनुपर्ने बताउँदै सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले निर्वाचन प्रक्रियामा मानवअधिकारको सम्मान अपरिहार्य रहेको बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष सहभागिता र भयरहित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले आचारसंहिताका मुख्य प्रावधान, उल्लङ्घनका अवस्थाहरू र त्यसको कानुनी उपचारबारे प्रस्तुति दिएका थिए । उनले सामाजिक सञ्जालको प्रयोग, प्रचार–प्रसारका सीमा र खर्च पारदर्शितामा विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचन अवधिमा सञ्चारमाध्यमको भूमिका जिम्मेवार, तथ्यपरक र सन्तुलित हुनुपर्ने बताए । उनले भ्रामक सूचना र दुष्प्रचार रोक्न सञ्चारकर्मी सचेत हुनुपर्ने धारणा राखे । कार्यक्रममा कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना नै मुख्य आधार भएको बताएका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP