नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
‘घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
‘घरदैलो नपुगे पनि ‘नारायण गौडेल हामी नै हौं’ भन्दै रुख चिन्हमा मत माग्नुहोस्’

कोहलपुर । बाँके क्षेत्र नं.१ का नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेल मतदाताको घरदैलोमा पुग्ने प्रयासमा व्यस्त छन् । तर, समयको अभावका कारण सबै मतदातासम्म पुग्न नसकिएको बताउँदै उनले मतदातालाई आफूलाई सम्झेर ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । कोहलपुर नगरपालिका–१२ अन्तर्गत निबुवामा बुधवार आयोजित चुनावी सभामा बोल्दै गौडेलले आफूले प्रत्येक घरमा पुग्ने चाहना राखे पनि चुनावी व्यस्तताले त्यो सम्भव नभएको बताए । 

उनले भने–‘म सबैको घरदैलोमा पुग्न सकेको छैन । तपाईंहरु नै नारायण गौडेल बनेर गाउँ–टोलमा पुगिदिनुहोस् । रुख चिन्हमा भोट हाल्न सबैलाई सम्झाइदिनुहोस् ।’ गौडेलले चुनावी समयमा सबै मतदाताहरुसँग भेटघाट, फोन वा प्रत्यक्ष सम्पर्क हुन नसकेपनि काँग्रेस जिताउने अभियानमा लाग्न आग्रह गरे ।

‘चुनावको चटारोमा सबैलाई सम्झन, भेट्न गाह्रो हुँदो रहेछ । उम्मेदवारले फोन गरेन, भेटेन भनेर मनमा नराख्नुस्’ मतदातालाई सम्झाउँदै गौडेलले भने । निबुवा क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले त्यहाँका नागरिकले भोग्दै आएको समस्या पनि गौडेलले आफ्नो प्राथमिकतामा राखेका छन् । उनले भने–‘यो समस्या भाषणले मात्र समाधान हुँदैन । निकुञ्ज ऐन नै परिवर्तन गर्नुपर्छ । त्यसका लागि म पहल गर्छु ।’ मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वन्यजन्तुजन्य क्षति, आवतजावतको असहजता र विकास निर्माणका अवरोध जस्ता समस्याहरु भोग्दै आएका छन् । 

गौडेलले यी समस्यालाई संसदसम्म पुर्‍याएर कानुनी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे । गौडेलले आफ्नो क्षेत्रमा विकास निर्माणका कामहरु पनि क्रमशः अघि बढिरहेको उल्लेख गरे । सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफूले दीर्घकालीन योजनाका साथ अघि बढ्ने उनले बताए । ‘विकास एकैचोटी हुने होइन, क्रमशः अगाडि बढ्ने प्रक्रिया हो,' उनले भने–‘हामीले थालेका कामहरुलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछौं ।’ वडा सभापति केशकुमारी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, महासमिति सदस्यहरू चिन्तामणि धिताल र द्रोपती ओली, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतको सहभागिता थियो । वडा उपसभापति तेजराज शर्माले स्वागत मन्तव्य राख्दै स्थानीय कार्यकर्ता र मतदातालाई एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरेका थिए । वडा सभापति ओलीका अनुसार मसुरी खेतमा भएको चुनावी सभालाई पनि काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले सम्वोधन गरेका थिए । त्यहाँ उनले काँग्रेस बदलिएर आएकाले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । चुनावी सभापछि उनले चपरगौरी, निबुवा, मसुरीखेत लगायतका ठाउँमा घरदैलो गरेको वडा सभापति ओलीले जानकारी दिइन् ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP