नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन

बाँके (खजुरा) । नेपाली कांग्रेसका तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली नागरिकले दुःख पाउने र ज्यान गुमाउने खालका आन्दोलन उक्साउने कार्यको विरोध गर्दै कांग्रेसले त्यसको अन्त्यका लागि काम गर्ने बताए ।

उनले विभिन्न आन्दोलनका नाममा देशका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पत्ति र महत्वपूर्ण कार्यालय जलाउने कार्यलाई कुनै पनि राजनीतिक दलले प्रोत्साहन दिन नहुने स्पष्ट पारे । समाज भड्काउने, धर्म, संस्कृति र जातीय विभेदलाई बढावा दिने कुनै पनि राजनीतिक दल वा नेताको भनाईमा विश्वास नगर्न पुनले बाँके क्षेत्र नम्बर ३ का मतदातालाई अनुरोध गरे ।

उनले भने, “यो देशको समृद्धि हामी सबै मिलेर गर्ने हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नागरिकका समस्यालाई हामीले सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । नागरिकप्रति सबै राजनीतिक दल उत्तरदायी हुनुपर्छ । तर, यहाँ नागरिकका समस्या र प्रश्नबाट भाग्ने नेताहरू पनि चुनावी मैदानमा छन् । यसले उनीहरू नागरिकप्रति कत्तिको उत्तरदायी छन् भन्ने देखाउँछ ।”

बाँके क्षेत्र नम्बर ३ को समृद्धिका लागि आफूले इमानदारीपूर्वक काम गर्ने बताउँदै पुनले भेरी–बबई डाइभर्सन तथा सिक्टा सिँचाइँ आयोजनाका अधुरा काम पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सभापति पुनले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधानका लागि कांग्रेसले नीतिगत रूपमा पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोड्नुपर्ने उनको भनाई छ । प्राविधिक विश्वविद्यालय अहिलेको आवश्यकता भएको उल्लेख गर्दै कांग्रेस उम्मेदवार पुनले युवालाई देशमै रोजगारी सिर्जना गर्ने थलोका रूपमा विश्वविद्यालयलाई विकास गर्न जरुरी रहेको धारणा राखे ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
कांग्रेसको प्रतिज्ञा-पत्र सार्वजनिक
कांग्रेसको प्रतिज्ञा-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP