नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल

कोहलपुर । चुनावी माहोल तात्दै जाँदा शिक्षासँग जोडिएका मुद्दालाई केन्द्रमा राख्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले शिक्षकका मागहरुलाई कानुनी रुपमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा आयोजित नेपाल शिक्षक संघ राप्तीसोनारीको आठौं स्थानीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गौडेलले शिक्षक समुदायसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने नीति आफूहरुको रहेको बताए ।

‘शिक्षकका मागहरु केवल आश्वासनले होइन, कानून बनाएरै सम्बोधन गरिन्छ,’ उनले भने, ‘समस्या बुझ्न शिक्षकसँगै बसेर समाधान खोज्नुपर्छ, त्यो हाम्रो प्राथमिकता हो ।’ संसदमा बिचाराधीन शिक्षा ऐन पारित गराउन नेपाली कांग्रेसकै नेतृत्वबाट मात्र सम्भव हुने गौडेलले दाबी गरे । शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि उक्त ऐन अपरिहार्य रहेको बताउँदै उनले कांग्रेसलाई जिताउन मतदातासँग आग्रह गरे ।

‘कांग्रेस बदलिएर आएको छ, देश बदल्ने संकल्पका साथ अघि बढेको छ भन्ने कुरा आम नागरिकसम्म पुर्याउन आवश्यक छ,’ उनले भने । गौडेलले शिक्षक संघलाई पनि वर्तमान परिस्थितिबारे आम नागरिकलाई सचेत बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे । उनले पार्टीका नेता–कार्यकर्ता र समर्थकहरुलाई एक ढिक्का भएर चुनावी अभियानमा जुट्न आह्वान गर्दै मतदातालाई ‘मुख हेरेर होइन, रुख हेरेर भोट हाल्नुहोस्’भन्ने सन्देश घरघरमा पुर्याउन आग्रह गरे । 

उक्त कार्यक्रम नेपाल शिक्षक संघ राप्तीसोनारीका अध्यक्ष दलबहादुर ओलीको अध्यक्षता एवम् राप्तीसोनारी गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिषासिंह थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, महासमिति सदस्य महाबिर ओली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव, संघ लुम्बिनी प्रदेशका सल्लाहकार दोर्ण ओली लगायतले पनि आफ्नो धारणा राखेको शिक्षक संघ राप्तीसोनारीका सचिव खडानन्द डाँगीले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’: उम्मेदवार पुन
कांग्रेसको प्रतिज्ञा-पत्र सार्वजनिक
कांग्रेसको प्रतिज्ञा-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP