नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ६, २०८२ बागेश्वरी पोस्ट
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त

नेपालगन्ज । रुकुमेली सेवा समाज बाँकेले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई जिताउने भएको छ । साविक रुकुम जिल्लाबाट बसाई सरेर बाँकेमा बसोबास गर्दै आएका रुकुमेलीहरुको साझा संस्थाको रुपमा रहेको उक्त संस्थाले क्षेत्र नम्बर २ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु मध्ये सबैभन्दा योग्य, क्षमतावान र कुनै दाग नलागेका व्यक्ति शुधान्सु मात्र भएकाले उनैलाई सहयोग गर्ने निस्कर्ष निकालेको हो । समाजले बुधबार नेपालगन्जमा एक भेला गरेर कांग्रेसका युवा उम्मेदवार कोइरालासँग अन्तरक्रिया समेत गरेको थियो ।

रुकुमेली सेवा समाज बाँकेका अध्यक्ष बासुदेव गौतमले तत्कालीन माओवादी सशस्त्र द्वन्दयता ठूलो संख्यामा रुकुमेलीहरु बाँकेमा आएर बसोबास गरेको र धेरैले दुःख, कष्टका साथ जीवन यापन गर्दै आएको सुनाउँदै आउँदो निर्वाचनमा हरेक परिवर्तनको नेतृत्वकर्ता नेपाली कांग्रेस पार्टीलाई मतदान गरेर जिताउने निचोडमा आफूहरु पुगेको बताए ।

समाजमा बाँके जिल्लाका करिव १२र१३ सय जना सदस्यहरु रहेको र अधिकांशले बाँके–२ मा कोइरालालाई नै सहयोग गर्ने निर्णय भएको उनले सुनाए । ‘धेरै आन्दोलन र परिवर्तनको नेतृत्व गरेर आएको कांग्रेस जेनजी आन्दोलनपछि आफूलाई परिवर्तन गर्ने पहिलो पार्टी भएको छ,’ उनले भने, ‘कांग्रेस बद्लिएको छ, बद्लिएको कांग्रेसले भावी प्रधानमन्त्रीमा गगन थापालाई अगाडि सारेको छ, बाँके–२ का उम्मेदवार कोइरालाले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सक्दो रुपले लाग्छु भन्नुभएको छ, उहाँको कुरा र बिचारबाट हामीहरु प्रभावित भएका छौं ।’

रुकुमेली सेवा समाज नेपालगन्ज कार्यसमितिका अध्यक्ष दिपेन्द्रकुमार खड्काले रुकुमबाट झरेर आएका नेपालगन्जसहित बाँके क्षेत्र नम्बर २ का बासिन्दाले नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउने बताए । ‘हामी एक ढिक्का भएर युवाको नेतृत्व गर्नु भएका शुधान्सु कोइरालालाई मतदान गर्ने निर्णयमा पुगिसकेका छौं, युवाको मागलाई उहाँले सम्बोधन गर्नुहुनेछ, उहाँ जत्तिको ब्यक्तिलाई नेपाली कांग्रेसले यतिखेर उम्मेदवार बनाएर राम्रो काम गरेको छ ।’

सो क्रममा उम्मेदवार कोइरालाले आफूले भ्रष्टाचार र कुनै पनि अनुचित कार्य नगर्ने प्रतिवद्धता जनाए । ‘म आफूले भ्रष्टाचार गर्नेछैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा बोलिरहनेछु,’ उनले भने, ‘मलाई यस पटक जिताएर संसदमा पठाउनुस्, म तपाईंहरु सँग–सँगै मिलेर काम गर्नेछु ।’ रुकुमेली समाज लगायत बाँकेमा रहेका थुप्रै समाजहरुले आफूलाई हौसला दिइरहँदा चुनाव जित्ने आधार बलियो बन्दै गएको उम्मेदवार कोइरालाले बताए ।  

यसैबीच उम्मेदवार कोइरालाले बुधबार मतदाता भेटघाट र घरदैलो गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका वडा सभापति जमालुद्धिन बागवानको अगुवाईमा मतदाता भेटघाट सम्पन्न भएको छ । सो क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य निरन्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका उपसभापति धनराज बर्मा, तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाह, दिलिप रेग्मी, कुन्तलराज शर्मा, महिला नेतृ मञ्जु शाह लगायत वडा स्तरमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।

यसअघि बुधबार बिहान वडा नम्बर १४ मा वडा सभापति सञ्जय बर्माको अगुवाईमा भएको मतदाता भेटघाटका क्रममा पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौ’, पार्टीका युवा नेता बीरेन्द्रबहादुर शाह, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायत वडा स्तरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।


 


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
दाङको बखरियाबाट दुई बालक हराए, खोजी गरिदिन परिवारको आग्रह
दाङको बखरियाबाट दुई बालक हराए, खोजी गरिदिन परिवारको आग्रह
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP