नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता

नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइराला मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन क्षेत्रीय कार्यसमिति अहोरात्र खटिएको छ । युवा नेता कोइराला उम्मेदवारका रुपमा पाउँदा मतदाताहरुमा पनि उत्साह देखिएको छ । जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएकाले पनि देशभर छुट्टै खालको उत्साह मिलेको काँग्रेसका नेताहरु बताउँछन् । बाँके क्षेत्र नं.२ मा काँग्रेसको चुनावी अभियानबारे क्षेत्रीय सभापति रमेश कुमार गुप्तासँगको कुराकानीको सम्पादित अंशः 

बाँके क्षेत्र नं.२ मा काँग्रेसको कस्तो चल्दैछ चुनावी अभियान ?
बाँके क्षेत्र नं. २ मा हाम्रो चुनावी अभियान निकै उत्साहजनक ढङ्गले अघि बढिरहेको छ । सहर तथा गाउँ वस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । घरदैलो कार्यक्रम, टोल भेला, सभा सबै ठाउँमा जनताको उल्लेख्य सहभागिता देखिएको छ । उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ । हामीले विशेष गरी युवाहरु, महिला र किसानसँग बढी जोड दिएको छौं । विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा लिएर हामी जनतामाझ पुगेका छौं । समग्रमा भन्नुपर्दा, जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं र वातावरण हाम्रो पक्षमा देखिन्छ ।
यो सुशील कोइरालाको विरासत बोकेका क्षेत्र पनि हो, मतदाताहरु के भन्छन् ?
हो, बाँके क्षेत्र नं. २ दिवंगत नेता सुशील कोइरालाको क्षेत्र हो । उहाँको सादगी, इमान्दारी र देशप्रतिको निष्ठा आज पनि यहाँका जनताले स्मरण गरिरहेका छन् । कोइराला परिवारको राजनीतिक विरासत बोकेको ठाउँ हो । काँग्रेसले विरासत बोकेका परिवारको उम्मेदवार त उठाएको छ नै, पछिल्लो जेनजी आन्दोलनपछि युवा नेतृत्वको चर्चाले पनि हामीले ४४ वर्षीय सुधान्शु कोइरालालाई चुनावी प्रतिस्पर्धामा उतारका छौं । सुधान्शु बेदाग युवा हुन् । सम्भावना बोकेका युवा हुन् । उनको राम्रो छवि छ । युवा पुस्तामा पनि लोकप्रिय छन् । युवा र अत्यन्तै इमान्दार उम्मेदवार पाएकाले पनि मतदाता उत्साहित देखिनुहुन्छ । 
नयाँ-नयाँ पार्टी पनि प्रतिस्पर्धामा आएका छन् नि ?
लोकतन्त्रमा नयाँ पार्टीहरु आउनु स्वभाविक हो । यो सकारात्मक पनि हो । तर, चुनाव जित्नका लागि केवल नयाँ हुनु मात्र पर्याप्त हुँदैन । अनुभव, संगठन, स्पष्ट नीति र जनतासँगको निरन्तर सम्बन्ध आवश्यक हुन्छ । नेपाली काँग्रेससँग लामो राजनीतिक अनुभव, संगठनात्मक मजबुती र जनताको भरोसा छ । त्यसैमा अहिले काँग्रेस बदलिएर आएको छ । एक हिसावले भन्ने हो भने नयाँ भनेकै काँग्रेस पार्टी हो । 
काँग्रेसको नेतृत्व बदलिएर आएपछि जनतामा उत्साह देखिएको छ भन्नुभएको हो ?
हामीले जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएर आफूलाई बदल्यौँ । तर, हाम्रा प्रतिस्पर्धी दलहरुले त अझै पुरानै नेतृत्व बोकिरहेका छन्, जसलाई जनताले मन पराएका छैनन् । नयाँ भनिएका पार्टीहरुले पनि २०७९ को चुनावमा भाग लिइसकेकै हुन्, उनीहरु पनि पूर्णरुपमा नयाँ होइनन् । त्यसैले यो क्षेत्रमा जनताको भरोसा अहिले नेपाली कांग्रेसप्रति नै छ । अन्य दलहरु मुद्दा र कलंकले घेरिएका छन् । तर, हाम्रा सभापति गगन थापामाथि त्यस्तो कुनै दाग छैन । उहाँले नेपाल बदल्ने जुन सपना र सोच राख्नुभएको छ, त्यसलाई अहिले देशभरका जनताले पत्याएका छन् । बाँके क्षेत्र नं. २ मा पनि हाम्रो उम्मेदवार निष्कलंक हुनुहुन्छ । जनताले पनि त्यही भावना व्यक्त गरिरहनुभएको छ ।
काँग्रेसको चुनावी एजेण्डा के छ ?
हाम्रो मुख्य एजेण्डा विकास र समृद्धि हो । विशेष गरी हामीले बाँके क्षेत्र नं. २ का लागि यी विषयमा जोड दिएका छौं । कृषिको आधुनिकीकरण र किसानको आम्दानी वृद्धि, युवालाई रोजगारी र सीप विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सडक, खानेपानी, सिंचाई, महिला सशक्तिकरण र सामाजिक न्याय हाम्रा मुद्दा हुन् । त्यति मात्र होइन, राप्ती नदीको कटान र डुवानको समस्या पनि छ । त्यसको दीर्घकालीन समाधानमा पनि हाम्रो ध्यान छ । हामीले स्थानीय आवश्यकता अनुसार योजना बनाएर काम गर्ने प्रतिबद्धता लिएका छौं । 
मतदाताले काँग्रेसलाई किन जिताउने ?
पहिलो कुरा, काँग्रेस लोकतन्त्रको मुख्य र जिम्मेवार शक्ति हो । हामीले सधैं जनताको अधिकार र स्वतन्त्रताको रक्षा गरेका छौं । दोस्रो, हाम्रो नेतृत्वमा देशले स्थायित्व र विकासको मार्ग समातेको छ । तेस्रो, हामीसँग स्पष्ट योजना, सक्षम टिम र कार्यान्वयन गर्ने अनुभव छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP