नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • असल शासन पोष्टले मनायो रजत बर्ष
असल शासन पोष्टले मनायो रजत बर्ष
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
असल शासन पोष्टले मनायो रजत बर्ष

नेपालगन्ज । असल शासन पोष्ट साप्ताहिक पत्रिकाको रजत समारोह नेपालगन्जमा सम्पन्न भएको छ । सुशासनको विट मार्फत निरन्तर प्रकाशन हुँदै आएको पत्रिकाको रजत समारोह निबर्तमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहको अध्यक्षतामा भएको रजत समारोहमा पत्रिकाले रजत समारोह मनाएकोमा शुभकामना तथा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको छ । 

कार्यक्रमका बीच उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट पाठकको रुपमा माइती नेपाल नेपालगन्जमा प्रमुख केशब कोइराला र दिदीबहिनी समाज बाँकेका अध्यक्ष रमादेवी शाहलाई सम्मान गरिएको छ । पत्रिका प्रकाशनको क्रममा सम्पादन समूहमा रहेर भूमिका निर्वाह गरेका पूर्व सहसम्पादक भाईराजा श्रीवास्तब र ओबिराज आचार्यलाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । 

रजत समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निर्तमान प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सुशासनको विटमा काम गर्ने पत्रिका आगामी दिनमा थप सशक्त रुपमा आउन जरुरी रहेको बताए । उनले भ्रष्टाचार गर्नेहरुलाई कुनै पनि अवस्थामा समाजबाट बहिष्करण गर्नुपर्नेमा जोड दिए । समाजमा सुशासन कायम गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उनले हरेक नागरिकको आवाज बन्न असल शासनलाई शुभकामना दिए ।

कार्यक्रममा बोल्दै  नेपाल पत्रकार महासँघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले असल शासन पोष्टको स्थापना कालदेखि परिचित रहेको भन्दै निरन्तर पत्रिका प्रकाशनको शुभकामना दिए । यसैगरी कार्यक्रममा बोल्दै शिक्षा विद् तथा बास नेपालका सल्लाहकार किरण आचार्यले इच्छा र चाहनाले सफलता हासिल गर्न सक्छ भन्ने उदाहरण असल शासन पोष्ट रहेको बताइन् । सुशासन कायम गर्न असल शासनले मोलेको जोखिम प्रशंसायोग्य रहेको उनको भनाई थियो । समाजसेवी जयकेश सिहले सुशासनको क्षेत्रमा सुनामी ल्याउन सफल भएको भन्दै असल शासन पोष्टलाई बधाई र शुभकामना ब्यक्त गरे ।

बास नेपालका सल्लाहकार तथा अधिबक्ता लोक बहादुर शाहले असल शासन पोष्टले हरेक नागरिकलाई सुसूचित बनाएको बताए । यसैगरी मंगल प्रसाद माबिका प्रधानाध्यापक सध्या गुप्ताले सुशासन र पारदर्शी कार्य गर्ने ब्यक्ति तथा संस्थाको साथमा असल शासन पोष्ट उभिएको देख्दा खुसी लागेको बताइन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले समाज रुपान्तरणमा असल शासन पोष्ट साप्ताहिकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । सम्मानित ब्यक्तित्व असल शासन पोष्टका पूर्ब सहसम्पादक ओबिराज आचार्यले असल शासन पोष्ट जस्तो निष्पक्ष पत्रिकाको हिस्सा बन्न पाएकोमा गौरवान्वित रहेको बताए । यसैगरी उत्कृष्ट पाठकको रुपमा सम्मानित माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइरालाले असल शासन पोष्टको प्रकाशनले समाजमा भइरहेको गलत कार्यहरु रोकिएको बताए । उनले पत्रिकाको निरन्तर प्रकाशनको शुभकामना दिए । 

असल शासन पोष्ट साप्ताहिकका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत पत्रिकाका कार्यकारी सम्पादक हेमराज भट्टले गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा असल शासन पोष्ट साप्ताहिकको प्रकाशन विगत र बर्तमानको बारेमा जानकारीसहित कार्यक्रमको समापन सम्पादक नमस्कार शाहले गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असल शासन पोष्टले मनायो रजत बर्ष
असल शासन पोष्टले मनायो रजत बर्ष
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP