नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीमा गौडेलको घर दैलो तीव्र
राप्तीसोनारीमा गौडेलको घर दैलो तीव्र
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ८, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा गौडेलको घर दैलो तीव्र

कोहलपुर । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले शुक्रबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नं. ८ र ९ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रम अन्तर्गत वडा नं. ८ का बालापुर, ओभरी, पेरानी र धर्मोती तथा वडा नं. ९ का ढकेरी, नयाँ गाउँ, गुरुवा गाउँ र बुचापुर लगायतका बस्तीमा पुगेर स्थानीयका समस्या सुन्ने र आफ्ना प्रतिवद्धता सुनाउने काम गरेका छन् । घरदैलोमा पुगेका गौडेललाई स्थानीयले फुलमालासहित स्वागत गरेका थिए ।

स्थानीय बासिन्दाले भने आफ्ना टोल–बस्तीका विविध समस्याहरु खुलस्त रुपमा राखेका थिए । बालापुरका बासिन्दाले विशेषगरी बाँके राष्ट्रिय निकुञ्जका कारण भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएका थिए । उनीहरुले वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति, सडक तथा नाला निर्माणको आवश्यकता, भूमिहीन समस्या लगायतका विषय उठाएका थिए । स्थानीय मानबहादुर खड्काले निकुञ्ज क्षेत्र नजिकै बसोबास गर्ने नागरिकले महिनौँपिच्छे बाघ तथा चितुवाको आक्रमण झेल्नुपरेको गुनासो गरे । “वन्यजन्तु संरक्षणका नाममा हामीले ज्यान गुमाउनुपर्ने ? यो कस्तो न्याय हो ?” भन्दै उनले दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरे ।

अर्का स्थानीय मोहन गौतमले खेतबारीमा काम गर्ने किसान, दाउरा–घाँस संकलन गर्न जाने महिला तथा विद्यालय जाने बालबालिका समेत वन्यजन्तु आक्रमणबाट त्रसित रहेको बताए । त्यस्तै, भूमिहीन समस्या पनि स्थानीयको प्रमुख सरोकारका रूपमा देखिएको छ । स्थानीय प्रेमा कुमारी कुसारीले “जग्गा छ तर लालपूर्जा छैन, अब यो समस्या नारामा सीमित राखेर हुँदैन, समाधान गरिदिनुपर्छ ” उनले भनिन् ।

घरदैलोका क्रममा उम्मेदवार गौडेलले स्थानीयका समस्या ध्यानपूर्वक सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । निकुञ्जसम्बन्धि समस्या कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले हाल प्रचलनमा रहेको वन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष नभएको बताए । “वन्यजन्तु संरक्षण ऐन संशोधन गरी जनमुखी र सुरक्षामैत्री बनाउन आवश्यक छ । संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न कानुनी तथा संरचनागत सुधार अपरिहार्य भइसकेको छ,” उनले भने, “संसदमा पुगेपछि यस विषयमा आवश्यक पहल गर्नेछु ।”


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP