नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके १ का नेकपा उम्मेदवार पाण्डेद्वारा प्रतिवद्धता-पत्र सार्वजनिक
बाँके १ का नेकपा उम्मेदवार पाण्डेद्वारा प्रतिवद्धता-पत्र सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ८, २०८२ बागेश्वरी पोस्ट
बाँके १ का नेकपा उम्मेदवार पाण्डेद्वारा प्रतिवद्धता-पत्र सार्वजनिक

नेपालगन्ज । नेकपाका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले आफ्नो विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन् । “हिजो व्यवस्था बदल्यौं, अब अबस्था बदल्ने अभियान” भन्ने मूल सन्देशसहित सार्वजनिक दस्तावेजमा उनले क्षेत्रको यथार्थ समस्या पहिचान गर्दै समाधानका ठोस खाका अघि सारेका छन् ।

उनको प्रतिबद्धतामा स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुद र सुशासनलाई प्राथमिकताका साथ समेटिएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने तथा मातृ–शिशु स्वास्थ्य सेवामा विशेष ध्यान दिने योजना प्रस्तुत गरिएको छ । स्वास्थ्यलाई सेवाको रूपमा मात्र नभई अधिकारको रूपमा स्थापित गर्ने उनको भनाई छ ।

शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार र युवालाई सीपयुक्त बनाउने कार्यक्रमलाई जोड दिइएको छ । “एक विद्यालय–एक प्राविधिक धार” जस्ता अवधारणामार्फत विद्यार्थीलाई रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ । शिक्षा प्रणालीलाई समयसापेक्ष, प्रतिस्पर्धी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कृषि र उद्योगलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मानेर पाण्डेले सिँचाई विस्तार, मल–बीउको सहज उपलब्धता, चिस्यान केन्द्र निर्माण र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिएका छन् । “एक पालिका–एक औद्योगिक ग्राम” को अवधारणामार्फत साना तथा मझौला उद्योग प्रवर्द्धन गरी युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजना अघि सारिएको छ ।

पूर्वाधार विकासतर्फ कोहलपुरदेखि राप्तीसोनारी र नरैनापुरसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति, अव्यवस्थित विद्युत आपूर्ति सुधार तथा बाँकी बस्तीमा विद्युत विस्तार गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । सिँचाई आयोजना पूर्णता र नयाँ परियोजनाको सुरुवातमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

सामाजिक न्याय र समावेशितालाई पनि प्रतिबद्धतापत्रमा विशेष स्थान दिइएको छ । दलित, महिला, मधेसी, थारु, मुस्लिम लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्ने, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी र व्यवहारिक पहल गर्ने योजना प्रस्तुत गरिएको छ । सामाजिक सुरक्षा र सीपमूलक तालिममार्फत पिछडिएका वर्गलाई आर्थिक मूलधारमा ल्याउने लक्ष्य राखिएको छ ।

सुशासनका सन्दर्भमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई प्राथमिकता दिइएको छ । सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोग बढाउने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

युवा र खेलकुदतर्फ “एक पालिका–एक खेल मैदान” को अवधारणा अघि सार्दै खेल पूर्वाधार निर्माण, उद्यमशीलता तालिम र स्टार्टअप प्रवर्द्धनमार्फत युवालाई सकारात्मक दिशामा अग्रसर गराउने योजना प्रस्तुत गरिएको छ । प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार पाण्डेले चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई क्षेत्रको भविष्य निर्धारण गर्ने अवसर भएको उल्लेख गरे । 


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP