नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता
दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ९, २०८२ बागेश्वरी पोस्ट
दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता

तुलसीपुर । नेपाली कांग्रेसबाट दाङको क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरी सबैभन्दा लोकप्रिय नेता हुन् । २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी फागुन २१ गते हुने निर्वाचनका लागि एक सशक्त उम्मेदवारका उम्मेदवारका रुपमा 'रुख' चुनाव चिन्ह बोकेर मैदानमा खडा छन् । काँग्रेस नेता गिरीको बर्षौ लामो संघर्ष र राजनीतिक छबि छ । राजनीतिक रुपमा गरेको संघर्षलाई नियाल्ने हो भने दाङ क्षेत्र नम्बर ३ मा दीपक गिरी जत्तिको 'टावरिङ पर्सन' अरु कोही खडा छैनन् ।

काँग्रेस उम्मेदवार दीपकको पश्चिम दाङको बिकास र सम्बृद्धिको लागि विशेष योगदान छ । ‘विकास प्रेमी’ नेताको छवि बनाएका दीपकलाई काँग्रेसजनहरु पश्चिम दाङको बिकासको ‘दीपक’ नै ठान्ने गर्छन् । २०१८ सालमा जन्मिएका दीपकले २०३४ सालमा नेपाली कांग्रेसको सदस्यता लिएदेखि अनवरत संघर्षरत छन् । प्रजातन्त्रको पक्षमा वकालत गरेकै कारण उनी १२ बर्षको कलिलो उमेरमै हिरासतमा परेका थिए । जो २०६२/६३ को दोस्रो जनआन्दोलनमा काठमाडौं गोंगबु क्षेत्रको कमाण्डरको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०४६ सालको जनआन्दोलनमा पनि उनी प्रजातन्त्रको पक्षमा सशक्त रुपमा उभिएका थिए ।

२०७० मा संविधानसभा सदस्य निर्वाचित भएपनि उनी पहिलो पटक २०७३ मा सिंचाई मन्त्री भएका थिए । ९ महिनाको छोटो कार्याकलमै दीपकले दाङमा बृहत सिंचाई आयोजना, सडक सुधार, जलस्रोत संरक्षण र विद्युतीकरण जस्ता महत्वपूर्ण विकासका कामहरु गरेका थिए ।उच्च अदालत तुलसीपुर, प्रदेश प्रहरी कार्यालय तुलसीपुर जस्ता सरकारी संरचना ल्याउन उनैले भूमिका खेले । पछिल्लो समय अस्तब्यस्त तुलसीपुर–घोराही चारलेन सडक निर्माणको काम अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको गरे । यो बीचमा दीपकले संसदमा टरिगाउँ एयरपोर्टको बिस्तारका बारेमा थुप्रै आवाजहरु उठाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई झुक्याएको हुँदा एयरपोर्ट बिस्तारको योजना भने सफल हुन नसकेको तथ्य भने उनले सार्वजनिक समारोहहरुमा भन्दै आएका छन् ।

एक ब्यक्तिका रुपमा उनका कमीकमजोरीहरु हुन सक्छन् तर दीपक ती नेता हुन् जसले बिगतमा राप्ती बबई क्याम्पस स्थापना गरेर पश्चिम दाङमा शिक्षाको उज्यालो प्रकाश छर्न अहम् भूमिका निर्वाह गरेका थिए । किसानका खेतबारी जोगाउन बबई नदीका साथै खहरे खोलाहरूको तटबन्ध निर्माणमा अहम् भूमिका खेल्ने नेता पनि दीपक नै हुन् । यो बीचमा उनकै पहलमा बिभिन्न सडक निर्माणका साथै पुलपुलेसा निर्माण र किसानका खेतबारीमा पानी डोर्‍याउने पक्की नहरहरु निर्माण भएका छन् । विभिन्न धार्मिक तथा सामाजिक संरचनाको संरक्षण र विकासमा उनको महत्वपूर्ण भूमिका छ । दीपक आफू फेरि निर्वाचित भए त्यो अभिमतको बलले सच्चा मनले दाङको पूर्वाधार र सामाजिक विकासमा खटिने वाचा गर्दै आएका छन् ।

दीपकको बिगत

- २०३० सालमा स्कुले जीवनमा पञ्चायत विरुद्ध आवाज उठाउँदा ३ महिना हिरासत परे ।
- २०३४ सालमा कांग्रेसको सक्रिय सदस्यता लिए । २०३४ सालमै दाङ क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति बने ।
- २०३७ मा अञ्चलाधिशको ठाडो आदेशमा ५७ दिन थुनामा परे ।
- २०४६ को जनआन्दोलनमा महत्वपूर्ण योगदान गरे । २०४६ देखि निरन्तर कांग्रेसको महाधिवेशन प्रतिनिधि रहे ।
- २०६२/६३ को दोस्रो जनआन्दोलनमा काठमाडौं गोंगबु क्षेत्रको कमाण्डर रहे ।
- २०७० मा संविधान सभा सदस्य निर्वाचित ।
- २०७३ मा सिंचाई मन्त्री ।
- त्यतिखेरै भएको थियो – बृहत दाङ उपत्यका सिंचाई आयोजना सुरुवात ।
- २०७९ मा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
- २०५१ साल, २०६४ र २०७४ सालमा भने पराजित ।

सचिवालयका अनुसार दीपक गिरीले गरेका केही महत्वपूर्ण काम यी हुन् –

१ –राप्ती बबई क्याम्पस स्थापनाका लागि पहल ।
२– उच्च अदालत स्थापना गर्न पहल ।
३– लुम्बिनी प्रदेशको निर्वाचन कार्यालय स्थापनामा पहल ।
४– लुम्बिनी प्रहरी प्रदेश कार्यालय स्थापनामा पहल ।
५– तुलसीपुरमा मालपोत कार्यालय स्थापनार्थ पहल ।
६– राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीको लागि पहल ।
७-बृहत दाङ सिंचाई आयोजना तुलसीपुरमा ल्याउन पहल ।
८– दामोदर सडक-सुकौरा–चरकमटिया सडकको स्तरउन्तिमा पहल ।
९–तुलसीपुर–सुर्खेत सडक कालोपत्रे पहल ।
१० – दोघरे प्रतापकोट मखनटाकुरी सडकका लागि पहल ।
११– अश्वारा–बटोलपुर सडक निर्माणमा पहल ।
१२– कृष्ण मन्दिर थर्कुडाँडा सडक निर्माणमा पहल ।
१३– बबई नदी, राप्ती नदी, गहते खोला, पातु खोला लगायत विभिन्न खोलामा तटबन्ध निर्माणमा पहल ।
१४ – अमृतपुर खानेपानीमा बजेट ब्यबस्थापन ।
१५– दामोदर सडकमा पातुखोला, मायाखोला, चिरेगार खोलामा मोटर पुल निर्माणका लागि पहल ।
१६– बबई नदीमा साबिक हेकुली र साबिक गोल्टाकुरी गाविस जोड्ने मोटर पुल निर्माणका लागि पहल ।
१७– बबई नदीमा मठ्यौरा र ढोलपुर जोड्ने मोटर पुल निर्माणका लागि पहल ।
१८– बबई गाउँपालिकामा रिङ रोड निर्माणका लागि पहल ।
१९– विभिन्न ठाउँमा स्कूल, मन्दिर, पार्क, थारू भँयार थान, छहरा, जलासय निर्माण र संरक्षणमा पहल ।
२०– पश्चिम दाङमा विद्युतीकरण, विद्युत विस्तारमा पहल ।
२१ – दाङमा सिंचाईको विकास डीप बोरिङ, पक्की सिंचाई कुलो, नदी तटबन्ध निर्माणमा पहल ।
२२– गुम्बा, मठ मन्दिर संरक्षण र निर्माणमा पहल ।
२३– तुलसीपुर–घोराही चारलेन सडक निर्माण प्रक्रिया अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको ।


प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता
दीपक गिरीः विकास र समृद्धिका लागि समर्पित नेता
कांग्रेस बाँके क्षेत्र नम्बर २ ‘ख’ का सभापति हमालको निधन
कांग्रेस बाँके क्षेत्र नम्बर २ ‘ख’ का सभापति हमालको निधन
थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी
थारुहरुको ऐतिहासिकता जोडिएको सुकौरामा थारु संग्रहालय बनाउन लागिपर्छुः गिरी
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP