नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महिलाहरूका एजेण्डामा एमाले उम्मेदवार राईको जोड
महिलाहरूका एजेण्डामा एमाले उम्मेदवार राईको जोड
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ९, २०८२ बागेश्वरी पोस्ट
महिलाहरूका एजेण्डामा एमाले उम्मेदवार राईको जोड

नेपालगन्ज । निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं २ का सबै मतदातासम्म पुग्न सक्रियता बढाएका छन् । उम्मेदवार राईले आज नेपालगन्जको वडा नं. १ का विभिन्न टोलहरूमा घरदैलो गरेका छन् ।

वडा नं. १ को चन्दननाथ टोल, दीपज्योति टोल, पिपल चौतारा टोल लगायतमा एमालेका उम्मेदवार राईले घरदैलो गरेका हुन् । सहरी विकास मन्त्री र भौतिक मन्त्री हुँदा वडा नं. १ मा विकासका थुप्रै परियोजनाहरू ल्याएका राईलाई घरदैलोका क्रममा मतदाताहरूले वडाका समस्याहरू सुनाएका थिए ।

घरदैलोपछि वडा नं. १ कै सुन्दर टोलमा चुनावी कोण सभा आयोजना गरिएको थियो । जहाँ उम्मेदवार राईले महिलाहरूका एजेण्डामा आफूलाई केन्द्रित गरे । उनले महिलाहरूको सशक्तिकरण, शिक्षा र स्वास्थ्यमा उनीहरूको सहज पहुँच तथा सहज जीवनयापनका उपायका सन्दर्भमा चर्चा गरेका थिए ।

‘महिला सशक्तिकरणका सवालमा हामी तुलनात्मकरूपमा पछाडि छौं । मातृ मृत्युदर लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ । त्यसमा पनि बाँकेमा धेरै रहेछ । समयमै प्रसुति सेवा नपाउँदा धेरैले ज्यान गुमाउनु परेको छ’, राईले भने, ‘म स्थानीय तहहरूमा सुविधा सम्पन्न प्रसुति सेवा विस्तार गर्न प्रयास गरिरहेको छु ।’ उनले भेरी अस्पतालमा भौतिक संरचना निर्माणमा प्रगति भए पनि विशेषज्ञ सेवाको अझै पनि अभाव रहेको बताए । 

राईले वडा नं. १ मा विकासका मामिलामा सुन्दर टोल सबैभन्दा पछाडि परेको महसुस आफूले गरेको स्वीकार्दै राईले निर्वाचित भएपछि त्यस टोलको बाटोघाटो, नाला लगायत संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबीच राईले आजै यस क्षेत्रका बुद्धिजीविहरूसँग पनि छलफल गरेका छन् । यहाँको शैक्षिक विकासका सम्बन्धमा बुद्धिजीविहरूबाट प्राप्त सुझाव अनुसार आफू अघि बढ्ने राईले प्रतिबद्धता जनाए । 

 


प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP