नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ९, २०८२ बागेश्वरी पोस्ट
जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल

कोहलपुर । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेलले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई उत्सासहपूर्ण तरिकाले चुनावी अभियानमा होम्मिन आग्रह गरेका छन् । राप्तीसोनारी गाउँपालिका ७ गेंदवा नयाँ बस्तीमा घरदैलो अघि वडा कार्यालयले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले बदलिएको काँग्रेसले यो पटक रुख चिन्हमै मतदान गर्ने सुनिश्चितता गरेसँगै कार्यकर्ताहरुमा पनि उत्साह जाग्नुपर्ने बताए । 

‘बदलिएको काँग्रेसले यो पटक रुखमै मतदान सुनिश्चित गरेको छ, अब कार्यकर्तामा पनि त्यही जोश देखिनुपर्छ,' उनले भने–‘यसअघि गठबन्धनका नाममा फरक–फरक चिन्हमा भोट हाल्यौं, तर अहिले त्यो संस्कृति भंग भएको छ । रुख चिन्हमा केन्द्रित भएर जनताको घर–घर पुग्नु हाम्रो पहिलो जिम्मेवारी हो । समयको चापले म सबैको घरमा पुग्ने अवस्था छैन । तपाईंहरु सबै घरघरमा पुगेर रुखमा भोट हाल्ने वातावरण बनाउनुहोस् ।’ 

उनको आवाजमा केवल भाषणको औपचारिकता थिएन । बरु गाउँ–बस्तीका वास्तविक पीडा र आशा मिसिएको भाव झल्किन्थ्यो । ‘जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस नै हो,' उनले थपे–‘भावना र उत्तेजनामा नबग्नुस्, अलमलमा नपर्नुहोस्, जनताको सेवा गर्ने पार्टी नै काँग्रेस हो । यो कुरा प्रत्येकको घरघरमा गएर हाम्रो बुझाउनुहोस् ।’ जेनजी विद्रोहपछि बदलिएको पार्टी भनेकै काँग्रेस भएको गौडेलको भनाइ छ । वडा सभापति दशरथ कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी र समानुपातिक उम्मेदवार दीप नारायण वर्माले पनि मन्तव्य राख्दै काँग्रेसको ‘नयाँ रूपान्तरण’ को कुरा उठाए । र, काँग्रेसलाई मत दिन आग्रह गरे । 

क्षेत्रीय सभापति केसीका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ का टेपरी र सिधनहवा, तथा वडा नं. ७ का गेंदवा नयाँ बस्ती, पिपरहवा, लालपुर, उचवा झगडिया लगायतका बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ । घरदैलो टोलीमा पूर्व सांसद ज्ञानु केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने, महाबीर ओली, डिल्ली गिरी लगायतका अनुभवी नेतादेखि युवा नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिता थियो ।


प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP