नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भालुबाङमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अभिमुखीकरण
भालुबाङमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अभिमुखीकरण
बागेश्वरी पोस्ट
सोमबार, फागुन ११, २०८२ बागेश्वरी पोस्ट
भालुबाङमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अभिमुखीकरण

नेपालगन्ज । दाङको भालुबाङमा पत्रकारहरुका लागि लुम्बिनी प्रदेश स्तरीय 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले विशेषगरी अनलाइन मिडियाबाट प्रकाशन-प्रशारण भइरहेका सामग्रीले महासंघको ध्यानाकर्षण गराइरहेको बताए । आफैंले आफैंलाई स्वनियमन र व्यवस्थित गर्न सके मात्र पत्रकारिता जिम्मेवार हुन सक्ने उनको भनाई छ । हरेक मतदाताले आफ्नो मताधिकार विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकोस् भन्ने वातावरण निर्माणका लागि पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले नियमित दायित्वको अंश अन्तर्गत 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' का विषयमा अभिमुखीकरण गरिएको बताए । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन अलि गम्भीर र फरक ढंगले पत्रकारहरुले आफ्नो भूमिका निभाउनुपर्नेमा पोख्रेलको जोड छ । नेपाली मिडियाहरुले अहिलेको विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै सशक्त र 'प्रो-एक्टिभ' ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

अभिमुखीकरण उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय रामराज पोख्रेल, लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, रुपन्देही जिल्ला अध्यक्ष दिनेश पाण्डेले बोलेका थिए । लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी र जिल्ला अध्यक्षहरुको सहभागितामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा महासंघका उपाध्यक्ष बागचन्द र निवर्तमान अध्यक्ष विपुल पोख्रेलले सहजीकरण गरेका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । महासंघले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP