नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ११, २०८२ बागेश्वरी पोस्ट
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विपन्न समुदायको समस्या दीर्घकालीन रुपमा समाधानका गरिने प्रतिवद्धता जनाएका छन् । सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.१ का खोकरी, चुना, लौकी, चप्परगौरी लगायत विभिन्न वस्तीमा घरदैलो गर्ने क्रममा विपन्न समुदायको समस्या भाषण गरेर र प्रतिबद्धता गरेरमात्रै समाधान नहुने भएकाले नीतिगत सुधार गरेर मात्रै सम्वोधन गरिने बताए । खासगरी राप्तीपारीका चुना, खोकरी, भवानियापुर, भम्का लगायतका क्षेत्रका नागरिकहरु शिक्षा, स्वास्थ्य तथा आर्थिक विपन्नतासँग जुधिरहेको उल्लेख गर्दैै उनले ती समस्या समाधानका निमित्त आफुले नीतिगत सुधारमा पहल गरिने बताए ।

काँग्रेसको प्रतिज्ञापत्रमा पनि थुप्रै नीतिगत सुधारका विषयहरु उल्लेख गरेको स्मरण गराउँदै उनले अवको काँग्रेसले आर्थिक विपन्नतालाई हटाउनेदेखि शिक्षा र स्वास्थ्यमा सहजता प्रदान गर्ने विश्वास दिलाए । त्यसैले पनि यो पटक काँग्रेसको पक्षमा उभिन उनले सबैलाई आग्रह गरे । भावनामा बगेर देश सम्मुनत नहुँने भन्दै गौडेलले सुझबुझ गरेर मतदान गर्न आग्रह गरे । भावना र उत्तेजनाले देशको विकास नहुने भन्दै गौडेलले देशको विकासका लागि नीति सुधार गर्न आवश्यक रहेको बताए । आफू सधैं जनताकै बीचमा बसेर काम गरेको स्मरण गराउँदै गौडेलले चुनाव जिताएर पठाए पनि आफु गाउँमै बसेर नागरिकको सुखदुःखमा सँगै रहने बताए ।

नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाईमा भएको घरदैलोमा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, जंगली जनावरको आतंक, रोजगारी लगायतका समस्याहरु राखेको वडा सभापति मोहन डाँगीले जानकारी दिए । गौडेल पुगेको उक्त क्षेत्र बाँकेको विकट मानिन्छ । स्थानीयहरुले विकास निर्माणका विभिन्न विषयहरु उठान गरेको र त्यसक्रममा गौडेलले सहयोगको प्रतिवद्धता जनाएको स्थानीय नेता रुद्र बहादुर ओलीले जानकारी दिए । गौडेल सादगी र इमान्दार नेता भएकाले पनि स्थानीय मतदाताहरु उत्साहित देखिएको र मत गौडेललाई दिने तयारी गरेको ओलीको भनाई छ । 'परिवर्तनको हावा चलेको देखिन्छ,' ओलीले भने -'तर गगन कुमार थापाको स्पष्ट भिजन र योजनासहित काँग्रेस बदलिएर आएकाले यो पटक रखमा मतदान गर्नेहरु धेरै छन् ।' घरदैलो अभियानमा क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस राप्तिसोनारी गाउँपालिकाका सभापति भिम रानासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
नेपालगन्जको अर्थतन्त्र उकास्ने योजना लिएर घरदैलो गर्दै इश्तियाक राई
नेपालगन्जको अर्थतन्त्र उकास्ने योजना लिएर घरदैलो गर्दै इश्तियाक राई
बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक
बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP