नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ११, २०८२ बागेश्वरी पोस्ट
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै

नेपालगन्ज । बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला सोमबार मनिकापुर पुग्दा स्थानीय नाथे कुर्मी पनि सँग–सँगै घरदैलोमा निस्किए । घरदैलो गर्दै शुधान्सुलाई मतदान गर्न उनले गाउँका मतदाताहरुलाई आग्रह गरे । मतदाताहरुलाई उनले भन्दै थिए, ‘पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको भतिजा हुन् शुधान्सु कोइराला, यिनलाई तपाईंहरु आफ्नो मत दिएर जिताउनुस्, यिनी भ्रष्टाचार गर्दैनन्, विकास पनि गर्छन् ।’

आफ्नो परिवार र आफन्त सबैले बाँकेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने कुर्मीले बताए । अरु पार्टीको भन्दा यस पटक नेपाली कांग्रेसले युवा र योग्य उम्मेदवार उठाएकाले नेपालगन्ज–२० मनिकापुरका अधिकांश मतदाताले यस पटक शुधान्सुलाई नै मतदान गर्ने उनको विश्वास छ । कुर्मी जस्तै मनिकापुरका जोगिन्द्रप्रसाद यादवले कोइराला परिवारमा अहिलेसम्म कसैलाई भ्रष्टाचार र कुनै पनि गलत काम गरेको दाग नलागेकाले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु योग्य उम्मेदवार रहेको बताए ।

‘चुनावी मैदानमा रहेका उम्मेदवारहरुको अनुहार हेर्दा शुधान्सु कोइराला नै योग्य उम्मेदवार देखिन्छन्, यिनलाई अरु उम्मेदवारसँग तुलना गर्न मिल्दैन,’ उनले भने । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउन यादवले आग्रह गरे ।घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र मायाले आफू उच्च मनोबलका साथ अगाडि बढिरहेको उम्मेदवार कोइरालाले बताए । ‘मैले मतदाताहरुको आशिर्वाद पाइरहेको छु, म एकदमै खुसी छु,’ उनले भने । घरदैलोका क्रममा अधिकांश मतदाताले आफूले मतदान गरेर जिताएको प्रतिनिधि सधैं सम्पर्कमा रहनुपर्ने, दुःख सुखमा साथ दिनुपर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा ध्यान दिनुपर्ने सुझाव दिएको उम्मेदवार कोइरालाले सुनाए । आफूले मतदाताहरुलाई विश्वास दिलाउने काम गरिरहेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली कांग्रेस नेपालगन्ज-२० का वडा सभापति खगेन्द्र न्यौपाने, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशकी सांसद मिना बोहरा (सिद्धिकी), महासमिति सदस्य एवम् पूर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, युवा नेता रबिन्द्र लामिछाने, नवीन रेग्मी, राम गोपाल बर्मा, भोला बर्मा, राजेन्द्र कुर्मी, मोबिन बागवान, सन्तोषकुमार बर्मा, दिपेन्द्र रेग्मी, सन्तोष शर्मा लगायतको उपस्थिती रहेको थियो ।

उम्मेदवार कोइरालाले सोमबार नै डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा घरदैलो गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को निर्वाचन प्रचार-प्रसार सचिवालयले जनाएको छ । 


यसैबीच बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला सोमबार दिनभर मतदाताको घरदैलोमा ब्यस्त भएका छन् । उनी सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुर लगायत क्षेत्रमा मतदाताका घरदैलोमा ब्यस्त भएका हुन् ।
 
घरदैलोका क्रममा मतदाताले कोइरालालाई जितको अग्रिम शुभकामना दिएका छन् । बाँके २ नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला चुनाव लड्दै आएको क्षेत्र हो । यही क्षेत्रका मतदाताको अमूल्य मतबाट चुनाव जितेर स्वर्गीय कोइराला प्रधानमन्त्री बनेका थिए, भने देशका लागि नयाँ संविधान दिएका थिए ।

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा स्वर्गीय कोइरालाका भतिज समेत रहेका कांग्रेसका युवा नेता एवम् जिल्ला सचिव शुधान्सुलाई निर्वाचित गराउने मतदाताहरुले प्रतिवद्धता जनाएका हुन् । घरदैलोका क्रममा अधिकांश मतदाताले आफूलाई आशिर्वाद दिने गरेको कोइरालाले बताएका छन् ।
 
उनले सोमबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर, डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा पनि घरदैलो गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताले जानकारी दिएका छन् ।

May be an image of one or more people


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP