नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता
सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ११, २०८२ बागेश्वरी पोस्ट
सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले पश्चिम नेपालको गौरव अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति आफनो मुख्य एजेन्डामा रहेको बताएका छन् । पुनले बाँके क्षेत्र नम्बर ३ को जनताले गर्व गर्ने अस्पतालको रुपमा क्यान्सर अस्पतालको व्यवस्थापनमा आफूले पहल गर्ने बताए ।

उनले भने,‘आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै क्यान्सर अस्पतालको स्तर बढाउन मैले विशेष योजना बनाएर काम गर्नेछु । क्यान्सर अस्पताल बाँके क्षेत्र नम्बर ३ को मात्र नभएर पश्चिम नेपालका हजारौं बिरामीलाई सेवा दिइरहेको अस्पताल हो । यसको समय सापेक्ष भौतिक पूर्वाधार र जनशक्ति बृद्धि गर्न आवश्यक छ ।’

पुनले स्वास्थ्य क्षेत्रलाई आफ्नो मुख्य एजेन्डामा राखेर स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि नीतिगत रुपमा काम गर्ने बताए । उनले दक्ष चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको अभाव स्वास्थ्य सेवाको प्रमुख चुनौती भएको बताउँदै विशेषज्ञ सेवा उपलब्ध गराउन विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उम्मेदवार पुनले स्वास्थ्य क्षेत्रमा देखिने सुधार ल्याउन संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै यस क्षेत्रको समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि काम गर्ने बताए । शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा राज्यले आमजनतालाई सहज हुने सेवा सुविधा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको बताए ।

 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता
सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने पुनको प्रतिवद्धता
बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP