नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्न कोइरालालाई सुझाव
असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्न कोइरालालाई सुझाव
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १३, २०८२ बागेश्वरी पोस्ट
असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्न कोइरालालाई सुझाव

नेपालगन्ज । नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्न मतदाताले सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ र ६ मा आज आयोजित घरदैलोका क्रममा मतदाताले नेपाली काँग्रेसले युवा र असल ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै पदीय भूमिकालाई सशक्त रुपमा निर्वाह गर्न कोइरालालाई सुझाए । स्थानीयको आशा र विश्वासलाई कायम राख्न अनुरोध गर्दै जनहित विपरीत कुनै पनि खराब काम नगर्न आग्रह समेत गरे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुलटेक्रा निवासी शोभा ओलीले पूर्ब प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्ब सभापति स्वर्गीय सुशील कोइरालाको जस्तै ’त्याग’ र ’निष्ठा’ को राजनीति गर्न शुधान्सुलाई सुझाव दिइन् । नेपाली कांग्रेसले युवा, सक्षम र जुझारु उम्मेदवारका रुपमा यस पटक कोइरालालाई उठाएको भन्दै उनले क्षेत्र नम्बर २ का बासिन्दाले पार्टी भन्दा माथि उठेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

मतदातालाई दुई हात जोड्दै उम्मेदवार कोइरालाले आफूले भ्रष्टाचार कहिल्यै नगर्ने र भ्रष्टाचारका विरुद्ध सदन तथा सडकमा आवाज उठाइराख्ने प्रतिवद्धता जनाए । आफूले बाँके क्षेत्र नम्बर २ का आम मतदाता, नेपाली कांंग्रेस पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताको शीर कहिल्यै निहुरिन नदिने अठोट गरे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति मेराज हल्वाई, कांग्रेस नेतृ एवम लुम्बिनी प्रदेश सभाका सांसद मिना बोहरा र सुशिला नेपाली (वादी), पार्टीका महासमिति सदस्य तथा पूर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता हाजी मोहम्मद कादिर अन्सारी, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मन्जु शाह, नेता असफाक अन्सारी, युवा नेता लियाकत खान, मुस्लिम संघ नगर उपाध्यक्ष इसरार अन्सारी, फरुदुल हल्वाई लगायतको उपस्थिति रहेको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति जमालुद्दिन बागवान, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेश सभाका सांसद सुशिला नेपाली, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रितेश शर्मा, वडा नम्बर ६ का सचिव दिलिप रेग्मी, नेता कपिल पाठक, बसन्त उपाध्याय, प्रेम बहादुर बुढा क्षेत्री, कुन्तलराज शर्मा, कांग्रेस नेतृहरु अस्मिता शाह (महतरा), मञ्जु शाह, राधा खड्का, अनुजा राठौर (सेन), भुमी दमिनी, क्षेत्रीय प्रतिनिधि मोहम्मद अरसद शेख लगायतको उपस्थिति रहेको थियो ।

 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दाङ-३ का कांग्रेस उम्मेदवार गिरीको प्रतिज्ञा-पत्र सार्वजनिक
दाङ-३ का कांग्रेस उम्मेदवार गिरीको प्रतिज्ञा-पत्र सार्वजनिक
सुकुम्बासी र भूमिहिनको मुद्दालाई प्राथमिकतामा राखेको राईको प्रष्टोक्ति
सुकुम्बासी र भूमिहिनको मुद्दालाई प्राथमिकतामा राखेको राईको प्रष्टोक्ति
असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्न कोइरालालाई सुझाव
असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्न कोइरालालाई सुझाव
काँग्रेस सभापति गगन थापा भोलि नेपालगञ्ज आउने
काँग्रेस सभापति गगन थापा भोलि नेपालगञ्ज आउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP