नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुकुम्बासी र भूमिहिनको मुद्दालाई प्राथमिकतामा राखेको राईको प्रष्टोक्ति
सुकुम्बासी र भूमिहिनको मुद्दालाई प्राथमिकतामा राखेको राईको प्रष्टोक्ति
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १३, २०८२ बागेश्वरी पोस्ट
सुकुम्बासी र भूमिहिनको मुद्दालाई प्राथमिकतामा राखेको राईको प्रष्टोक्ति

नेपालगञ्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आज विहानी चरणको निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत नेपालगन्जको वडा नं. १९ र २० मा घरदैलो तथा कोणसभा गरेका छन् । उम्मेदवार राईले १९ नं. वडाको फारम टोल, भैयापुर, मोहनपुर तथा वडा नं. २० को थपुवा नयाँ बस्तीमा मतदाताका घर-घरै पुगेर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित प्रतिबद्धताहरू राखे भने कोण सभामा त्यहाँका स्थानीयले उठाउँदै आएका एजेन्डालाई सम्बोधन गरे ।

वडा नं. २० मा आयोजित कोणसभालाई सम्बोधन गर्दै राईले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषयमा बढ्ता जोड दिए । ‘मलाई थाहा छ नेपालगन्जको वडा नं. १८ र २० अनि डुडुवाको ४ र ५ नं. वडामा पर्ने अमरहवा बस्तीमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषय सबैभन्दा धेरै छ।’, राईले भने-‘अहिले निर्वाचन आचारसंहिताले धेरै कुरा बोल्न मिल्दैन । तर, यहाँहरूले यत्ति बुझ्नुस् कि यो विषय निर्वचन लगत्तै समाधान हुन्छ ।’

नेकपा एमाले नै भूमिहिन र  सुकुम्बासीहरूको अधिकारका लागि सुरुदेखि लड्दै आएको पार्टी भएको भन्दै राईले सुकुम्बासी र भूमिहिनको मुद्दालाई आफूले प्राथमिकतामा राखेको पनि प्रष्ट पारे । व्यवस्थित बसोबास कायम गर्ने सम्बन्धमा राईले आफूले आफ्नो प्रतिबद्धता पत्रमा प्राथमिकताका साथ उल्लेख गरेको बताए । जसबाट लामो समयदेखि समस्या ब्यहोरिरहेका यहाँका भूमिहीन र सुकुम्बासीहरू आशावादी भएको उनको विश्वास छ ।

राईले वडा नं. २० सबैभन्दा ठूलो तर सबैभन्दा पछाडि परेको वडाका रूपमा आफूले महसुस गरेको बताउँदै राईले भने-‘मेरो पहिलो प्राथमिकता सबैभन्दा कम विकास भएको र सबैभन्दा ठूलो बस्ती भएको यो वडामा छ ।’ त्यस्तै वडा नं. १९ मा आयोजित कोणसभामा उम्मेदवार राईले यस क्षेत्रको बाटोघाटो, पुलपुलेसा, शिक्षा स्वास्थ्य क्षेत्रको आवश्यकता आफूले बुझेको र सोही अनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP