नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; 'रुख चिन्ह' मा भरोसा फर्किएको छः गौडेल
नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; 'रुख चिन्ह' मा भरोसा फर्किएको छः गौडेल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १३, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; 'रुख चिन्ह' मा भरोसा फर्किएको छः गौडेल

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटा गाउँ राजनीतिक उत्साहले भरिएको छ । यहाँका बस्तीहरु चुनावी बहसले गुञ्जिएका छन् । यिनै आवाजको बीचमा भेटिन्छन् कालाफाँटाका युवा निजामुद्दिन खान । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेललाई जिताउन उनी अहोरात्र खटिएका छन् । उनी भन्छन्–‘गौडेल जिते भने गगन थापा प्रधानमन्त्री बन्ने बाटो खुल्छ ।’ युवाको आशा, परिवर्तनको आकांक्षा र नेतृत्वप्रतिको भरोसा मिश्रित उनको भनाईले यो पटक नरैनापुरमा पनि भावी प्रधानमन्त्री गगन कुमार थापाको चर्चा र भरोसा देखिएको छ । भरोसाको त्यो दियो बाल्न चाहन्छन् गौडेललाई जिताएर । निजामुद्दिन भन्छन्–‘जेनजी आन्दोलनपछि काँग्रेसभित्र आएको नेतृत्व परिवर्तनले हामी युवामा नयाँ आशा जगाएको छ ।’ उनको भनाईले नरैनापुरमा बढ्दो राजनीतिक चेतना र युवाहरुको सक्रियतालाई संकेत गर्छ । 

उनी मात्र होइन, नरैनापुरका अन्य युवाहरु पनि यही भावनामा छन् । यस्तै एक युवा हुन् सयन्स खान । उनी बर्दिवासमा काम गर्ने भए पनि अहिले चुनावी माहोलका लागि कालाफाँटा फर्किएका छन् । सयन्सको विचार फरक ढंगको छ । उनी न त गगन थापालाई व्यक्तिगत रुपमा चिन्छन्, न त नारायण गौडेललाई । तर पनि उनी स्पष्ट छन्–तराई, पहाड र हिमाललाई जोड्ने, सबै जातजातिलाई एउटै सूत्रमा बाँध्ने शक्ति काँग्रेस बाहेक अरुसँग छैन । त्यसैले काँग्रेसले जित्नुपर्छ ।’ नरैनापुरमा अहिले मतदाताहरु “रुख चिन्ह” प्रति सकारात्मक देखिन्छन् । करिब १० वर्षपछि रुखमा मतदान गर्ने अवसर पाउँदा स्थानीय मतदातामा उत्साह बढेको छ । काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार नारायण प्रसाद गौडेलको स्थानीय प्रभाव पनि यसको मुख्य कारण मानिन्छ । स्थानीय फाद्रिसी खानले भने–‘द्वन्द्वकालको कठिन समयमा पनि गौडेलले नरैनापुरमा संगठन विस्तार गर्नुभयो, नागरिकको साथ दिनुभयो । त्यसैले यहाँका मानिस उहाँलाई आफ्नै मान्छे जस्तो मान्छन् ।’ 

गौडेलले क्षेत्रीय सभापति हुँदा दुर्गम नरैनापुरमा संगठन विस्तार, कार्यकर्ताको संरक्षण र जनताको सुखदुःखमा साथ दिएका थिए । यही कारणले उनको छवि यहाँ बलियो बनेको छ । क्षेत्रीय सभापति पोषण केसीका अनुसार, बुधवार वडा नं. २ र ३ का विभिन्न बस्तीहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा, निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, अग्रज नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, कृष्णचन्द्र मौर्य लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । पछिल्ला वर्षहरुमा गठबन्धन राजनीतिका कारण नरैनापुरका मतदाता रुख चिन्हमा मतदान गर्नबाट बञ्चित हुँदै आएका थिए । तर, यसपटक परिस्थिति बदलिएको छ । ‘अब करिब १० वर्षपछि मतदाताले आफ्नै पार्टीको चिन्हमा मतदान गर्न पाउने भएका छन्, त्यसैले उत्साह स्वाभाविक रूपमा बढेको छ’ क्षेत्रीय सभापति केसीले भने । उम्मेदवार गौडेलले नरैनापुरमा 'रुख चिन्ह' प्रति मतदाताको भरोसा फर्किएको बताए ।

 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP