नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’
नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १४, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

नरैनापुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारीको बैजापुर कुम्मरदेखि नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त बाटो निर्माणका लागि बजेट विनियोजन भइसके पनि निर्माण कार्य हुन सकिरहेको छैन । जसका कारण स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ । ‘बाटो निर्माणका लागि बजेट विनियोजन भइसके पनि निर्माण प्रक्रियाले गति नलिनु राम्रो होइन गौडेलले भने–‘काँग्रेस बाँकेको सभापतिको नाताले पनि यसमा मेरो सम्वन्धित सरोकारवालामाथि दवाव र खवरदारी रहन्छ ।’

उम्मेदवार गौडेलले राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को प्रिपहवा, देउपुरा र डुडुवा गाउँपालिकाको होलिया जोड्ने राप्ती नदीमा तत्काल झोलुंगे पुल निर्माण गरिने बताउँदै सोही स्थानमा दीर्घकालीन रुपमा पक्की पुल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेका छन् । गौडेलले राप्तीनदीबाट पूर्वतर्फ नरैनापुरसम्म जाने सिंचाई नहरको लागि थप बजेट व्यवस्थापन गरी त्यसलाई पूर्णता दिन पनि आफूले पहल गर्ने बताएका छन् ।

राप्तीसोनारी र नरैनापुर कृषिको उर्वरभूमि रहेको क्षेत्र भएकाले मल बीउविजन तथा सिंचाईको व्यवस्थापनका लागि आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए । गौडेलले भने–‘सिक्टा सिंचाई आयोजनाको निर्माणाधीन पूर्वी नहरका लागि आवश्यक बजेट बिनियोजन गरी नरैनापुरको सुइँयासम्म सिंचाई पुर्याउन म अहोरात्र खटिनेछु ।’ गौडेलले कृषकको बजार पहुँच पुर्याउन राप्तीसोनारीमा २ वटा, नरैनापुरमा १ वटा कृषि उपज बजार संकलन केन्द्र स्थापना गरिने बताए । उम्मेदवार गौडेल बिहीबार विहान पनि नरैनापुरका विभिन्न वस्तीको घरदैलोमा व्यस्त छन् । गौडेलले विहान नरैनापुर गाउँपालिका वडा नं. ५ जमुनाह, दुलासपूर्वा, महादेवनगर, मोतीयापु, मटेहिया लगायतका वस्तीको क्षेत्रमा घरदैलो गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP