नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला
‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १४, २०८२ बागेश्वरी पोस्ट
‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार शुधान्सु कोइरालाले आफूले मतदातालाई उधारो आश्वासन नबाँडेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर ३ मा बिहीबार (आज)  बिहान भएको घरदैलोका क्रममा उनले चुनावको मुखमा प्रायःजसो उम्मेदवारले उधारो आश्वासन बाँड्ने, तर निर्वाचनपछि फर्केर नआउने प्रवृत्ति कायम रहेकाले आफूले त्यस्तो काम नगर्ने प्रतिवद्धता जनाए निर्वाचनपछि पनि आफू जनताकै काममा समर्पित हुने र बिहान–साँझ जनताको सम्पर्कमै रहने बताए ।

‘म अहिले मतदाताहरुलाई यो काम गर्छु, उ काम गर्छु भनेर उधारो आश्वासन बाँड्दैन,’ उनले भने, ‘म पहिलो चोटी उम्मेदवार बनेको छु, नेपाली कांग्रेसालाई विश्वास गरेर मलाई जिताउनुहोस्, तपाईंहरुकै सल्लाह, सुझाव अनुसार म चुनाव जितेपछि काम गरेर देखाउनेछु ।’ चुनावको मुखमा उम्मेदवारहरुले अनेक आश्वासन बाँड्दा जनताले विश्वास नै गर्न छाडिसकेको कांग्रेसका युवा नेता कोइरालाले बताए । आफू निर्वाचित भएपछि संघीय संसदमा प्रतिनिधित्व गरेर कानुनहरु बनाउने र बाँके क्षेत्र नम्बर २ को विकासका लागि समन्वय र आवश्यक पहल कदमी गर्ने प्रतिवद्धता दोहोर्याए । सो क्रममा उम्मेदवार कोइरालालाई नेपालगन्ज–१० भृकुटीनगर, भेरी प्राविधिक शिक्षालय टोल, जनस्वास्थ्य कार्यालय टोल, नेपालगन्ज–३ स्थित रानीतलाउ लगायत स्थानमा मतदाताले स्वागत गर्दै टिका, माला र खादा लगाएर आशिर्वाद दिएका थिए । नेपालगन्ज–१० र वडा नम्बर ३ मा आयाजित घरदैलोका क्रममा पार्टीका जिल्ला, क्षेत्र, नगर र वडा तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कोइराला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन् । सोही वडाका स्थायी बासिन्दा समेत रहेका नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला यस अघि बाँके, क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरेका थिए । कोइरालाको निधनपछि कांग्रेसले उक्त क्षेत्र लगातार गुमाउँदै आएको छ । जेन–जी आन्दोलनको भावना अनुसार नेपाली कांग्रेसले युवा नेता शुधान्सुलाई यही क्षेत्रमा उम्मेदवार बनाएको हो । यस पटक भने नेपाली कांग्रेसको अस्तित्व फर्काउने तयारीका साथ कोइराला चुनावी मैदानमा छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP