नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ'-सभापति थापा
'कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ'-सभापति थापा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १४, २०८२ बागेश्वरी पोस्ट
'कांग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ'-सभापति थापा

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज जानकी-३ मानपुरमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश बनाउने प्रतिज्ञासहित कांग्रेस अघि बढेको बताए । "हिजो गरेका फोहोरलाई सफा गर्ने प्रतिज्ञा गरेर अघि बढेका छौं," सभापति थापाले भने, "देशलाई बनाउँछौं, कांग्रेससंग विवेक छ, सामथ्र्य छ, देश बनाउने संकल्प छ ।"

भदौ २३ र २४ को जेनजी विद्रोहपछि मुलुकमा विशिष्ट परिस्थितिमा अप्रत्याशितरुपमा निर्वाचन हुँदै गरेको भन्दै सभापति थापाले भने, "फेरि एउटा प्रयोग नेपालमा नगरौं, २०७४ देखि २०८२ सम्मको अवधि खेर गएको छ, मुलुकले विकास र सुशासनमा यो समयलाई प्रयोग गर्न सक्नुपथ्र्यो, तर आठ वर्षको क्षतीपूर्ति गर्नुपर्नेछ, त्यो सामथ्र्य कांग्रेसले राख्दछ ।" गएको आठ बर्ष गति र मति दुबै ठीक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उनको भनाई छ ।

मुलुकलाई अब कांग्रेसले असामान्य तरिकाले बेजोड गतिमा अघि बढाउने दाबी गर्दै सभापति थापाले भने, "बेजोडले गाडी दौडाउनुछ, कसैलाई नछोडेर, कांग्रेसले गाडी बेजोड गतिमा दौडिने ग्यारेन्टी गर्दछ, त्यति मात्र होइन दुर्घटनामा पर्न पनि दिँदैन ।" अबको पाँच बर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको बर्ष बनाउने संकल्प कांग्रेसले लिएको उनको भनाई छ । सभापति थापाले २०४६ साल यता लाभको पदमा बसेका राजनीतिक ब्यक्तित्वहरुको सम्पत्ति छानविन गर्न कांग्रेस नेतृत्व गर्ने उद्घोष समेत गरे ।

सामाजिक सञ्जालमा घृणा र उत्तेजना हाबी भइरहेको चर्चा गर्दै उनले आफूले सबै कुराको खण्डन गर्दै नहिंड्ने स्पष्ट पारे । "म खुला किताब हुँ, सबै विषयको खण्डन गर्दै हिँड्दिन," थापाको भनाई थियो । उनले सबै नेता कार्यकर्तालाई घरघरमा गएर कांग्रेसको मिसन र भिजनबारे प्रष्ट्याउन आह्वान समेत गरे । "खुट्टा दौडाउनुस्, हात जोड्नुस्, घरघर पुग्नुस्, आमनागरिकको भरोसा कांग्रेसप्रति बढ्दै गएको छ, मेरो नाम लिएर जिम्मा लिनुस्, म तपाईंहरुलाई निराश बनाउँदिनँ," थापाले भने । थापाले सबै जातजाती, धर्म, सम्प्रदायको अधिकार लेख्ने समितिको आफू सभापति रहेको स्मरण गराउँदै कांग्रेसले सबैप्रति सम्मानभाव राख्ने प्रष्ट पारे । उनले बाँके बर्दियाका पाँचै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरे ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न वृहत चुनावी सभालाई केन्द्रीय उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति एवम् बाँके ३ का उम्मेदवार अमर सिंह पुन, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् चुनाव प्रचारप्रसार समिति संयोजक राजु खनाल, बर्दिया २ का उम्मेदवार किशोरसिंह राठौर, बर्दिया १ का उम्मेदवार संजय गौतम, बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए ।

बाँकेका उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।

 


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP