नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १४, २०८२ बागेश्वरी पोस्ट
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले जात, धर्म र लिंगको आधारमा कांग्रेसले कहिल्यै राजनीति नगर्ने प्रष्ट्याएका छन् । बाँकेको जानकी गाउँपालिकास्थित मानपुरमा नेपाली कांग्रेस बाँकेले बिहीबार आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले हरेक कालखण्डमा नेपाली कांग्रेसले महिला, दलित, मधेसी, मुस्लिमलाई राष्ट्रपति, मन्त्री र सांसद बनाएको प्रष्ट्याए ।

‘नेपाली कांग्रेस कहिल्यै पनि जात, धर्म, लिंगको आधारमा राजनीति गर्दैन, हामीले कोही पनि साथीहरुलाई जात, धर्म र लिंगको आधारमा नेता बनाएका छैनौं,’ उनले भने, ‘नेपाली कांग्रेस त्यस्तो पार्टी हो, जसले वीपी कोइराला पहिलो पटक प्रधानमन्त्री हुँदा महिलालाई मन्त्री बनाउनु भएको थियो, नेपाली कांग्रेस यस्तो पार्टी हो जसले मधेसीको छोरालाई प्रथम राष्ट्रपति बनायो, सुशील कोइराला प्रधानमन्त्री हुँदा बाँकेबाट दलित र मुस्लिमले सांसद बन्ने अवसर पाउनुभयो ।’
सरकारलाई खबरदारी गर्दा गत भदौ २३ र २४ गते देश दुर्घटनामा गएको स्मरण गर्दै उनले देशका लागि कलिला युवाले रगत बगाउनु एकदमै दुःखद घटना भएको बताए ।

२००७ सालदेखि हालसम्म नेपाली कांग्रेसले नै परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले जेनजी आन्दोलनपछि सबैभन्दा पहिला आफूलाई परिवर्तन गरेर प्रमाणित गर्ने पार्टी पनि कांग्रेस नै भएको बताए । सभापति गगन थापाको नेतृत्वमा परिवर्तन भएको कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ स्थानमा आफू जस्ता नयाँ युवाा अनुहारलाई उम्मेदवार बनाएको कोइरालाले सुनाए । ‘त्यसैले नेपाली कांग्रेसले आफ्नो नेतृत्व मात्रै होइन, नीतिमा पनि परिवर्तन गरेको छ, युवाहरुले यो कुरा बुझ्न जरुरी छ,’ उनले भने । 

वास्तविक जेनजीको भावनामाथि खेलवाड गरेर कतिपयले जेनजीका नाममा पार्टी खोलेको उनको भनाई छ । ‘जेनजी युवाको नाममा विभिन्न राजनीतिक दल खुलेका छन्, विभिन्न सामाजिक सञ्जालबाट भ्रम फैलाउने काम गरिएको छ,’ उनले अगाडि भने । विगतमा राजनीतिक दलहरु खराब हुन् भन्ने काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर अहिले राजनीतिक दलमा प्रवेश गरी राजनीतिमा लागेको कोइरालाले बताए । उम्मेदवार कोइरालाले आफूले पाँच वर्षसम्म जनताको सेवक भएर काम गर्ने वाचा पनि गरे । 


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP