नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १४, २०८२ बागेश्वरी पोस्ट
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा

नेपालगञ्ज । नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई हरेक मतदाताका घरघरै पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन अग्रसर भएका छन् । मतदाताहरूसम्म पुगेर उनीहरूका समस्या, आवश्यकता र चाहनाहरू सुन्न उम्मेदवार राई केही दिनयता घरदैलोमा सक्रिय छन् ।

घरदैलोमा निस्किएका राईले आज नेपालगन्जको वडा नं. १५ मा पर्ने सुइया पिप्रहवा, वडा नं. २१ मा पर्ने झगरपुर, मोहनपुर, गंगारामपुर्वा तथा डुडुवा गाउँपालिका वडा नं. २ मा पर्ने नयाँ बस्ती, बाबाकुटी, रामनगर पाझा, वडा नं. ३ को उचवामा मतदातासँग साक्षात्कार गरे । त्यस्तै उनले डुडुवाको वडा नं. ४ अम्रहवामा आयोजित कोण सभामा आफ्नो भनाई राखेका थिए ।

उम्मेदवार राईले यो निर्वाचनमा विकासमा पछि परेका ठाउँहरूको स्थानीय समस्या र आवश्यकतालाई बुझ्न महत्वका साथ  मतदाताहरूसँग  छलफल गरेका छन् । नीतिनियम र कानुनी सुधारमार्फत सम्बोधन गर्न सकिने स्थानीय सवालहरूबारे राईले मतदाताहरूसँग सुझाव लिइरहको उनको प्रचारप्रसार सचिवालयले जनाएको छ । 

डुडुवाका धेरै बस्तीहरूमा नदी कटान र डुबानले निम्त्याएको समस्या गम्भीर छ । सयौं घरपरिवार बाढीले विस्थापित भएर झोरा जंगल क्षेत्रमा अस्थायी बसोबास गरिरहेका छन् । प्रशासनले डुबानबाट जोगाउन झोरा जंगल क्षेत्रमा स्थानान्तरण गरेपछि उनीहरू वर्षौंदेखि त्यहाँ बसिरहेका छन् । तर, नेपाल सरकारले उनीहरूबारे निर्णय नगरिदिँदा त्यस क्षेत्रमा विकासका कामहरू हुन सकेक छैनन् ।

जग्गाको स्वामित्वको टुंगो नलाग्दा डुडुवा क्षेत्रमा सडक, पुलपुलेसा, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा आधारभूत काम गर्न पनि सरकारी अनुमति मिल्दैन । त्यसैले यस क्षेत्रको जनजीवन तुलनात्मकरूपमा विकासको लाभ लिनबाट वञ्चित रहँदै आएको छ । उम्मेदवार राईले त्यहाँका मतदाताहरूका समस्या सम्बोधन र आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

वडा नं ४ मा आयोजित कोणसभामा उम्मेदवार राईले डुडुवा गाउँपालिकाले असहयोग गर्दा त्यस क्षेत्रका सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको  समस्या अल्झिएको आरोप लगाए । उनले निर्वाचनपछि सुकुम्बासी, भूमिहिनहरूको समस्या समाधान हुने आश्वासन दिए ।

यता नेपालगन्ज १५ सुइया, पिप्रहवाका बासिन्दाले सडक र ढल निकासका लागि योजनाहरू ल्याउन उम्मेदवार राईलाई आग्रह गरेका थिए । घरदैलोका क्रममा उम्मेदवार राईले आफू निर्वाचित भएपछि त्यहाँको विकास निर्माणलाई प्राथमिकता दिने बताए ।

 


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP