नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १४, २०८२ बागेश्वरी पोस्ट
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले देशले सुशासन खोजिरहेको बताएका छन् । सुशासनको अनुभूति दिलाउन काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको उनको भनाई छ । जानकी-३ मानपुरमा बिहीबार आयोजित नेपाली कांग्रेस बाँकेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले कुशासनको अन्त्य गर्दै सुशासन कायम गर्न काँग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे । 

‘देशले सुशासन खोजेको छ, त्यसको अनुभूति काँग्रेसले मात्र गराउँछ’–गौडेलले भने । गौडेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न समस्या औंल्याउँदै बाँके राष्ट्रिय निकुञ्जका कारण मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा पीडित रहेको बताए । त्यस्तै राप्ती नदीको कटानले बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुगेको उनको भनाई थियो । उनले २०५६ साल यता बाँके क्षेत्र नं. १ का समस्या संसदमा प्रभावकारी रुपमा उठ्न नसकेको उल्लेख गर्दै नागरिकका आवाज संसदसम्म पुर्‍याउन काँग्रेसलाई जिताउनुपर्ने बताए । ‘जनताका समस्या राख्न संसदमा हाम्रो प्रतिनिधित्व आवश्यक छ’–उनले भने । 

भूमिहीन, सुकुम्बासी तथा मुक्तकमैया समुदायका समस्या समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले मुक्तकमैयाले बैंकबाट ऋण नपाएको समस्या समाधान गर्ने बताए । आफू गरिब तथा विपन्न वर्गको पक्षमा उभिने ‘भुइँमान्छे’ भएको उनको भनाई थियो । गौडेलले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा एशियाली विकास बैंक (एडिबी) परियोजनामार्फत नेपालगन्जको विकास भएको स्मरण गराउँदै बाँके क्षेत्र नं. १ मा काँग्रेसको प्रतिनिधित्व नहुँदा विकास पछि परेको दाबी गरे । 

कार्यक्रम नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभालाई काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति तथा बाँके ३ का उम्मेदवार अमर सिंह पुन, प्रदेश उपसभापति राजु खनाल, बर्दिया १ का उम्मेदवार संजय गौतम र बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले पनि सम्बोधन गरेका थिए । उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
सुशासनका लागि काँग्रेसको नेतृत्व आवश्यक छः गौडेल
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
मतदाताका समस्या र आवश्यकता सुन्न एमाले उम्मेदवार राई घरदैलोमा
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
‘कांग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’- कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP