नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला
सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १५, २०८२ बागेश्वरी पोस्ट
सीमा क्षेत्रका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्छः उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का युवा उम्मेदवार शुधान्सु कोइरालाले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्यालाई दुई देशबीच संवाद गरेर समाधान गर्नुपर्ने बताएका छन् । नेपाल–भारत सिमाक्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले अनेकौं समस्या भोग्नु परिरहेको भन्दै यसको दिर्घकालीन समस्या समाधान गर्नका लागि दुई देशबीच कुटनीतिक पहल थालिनुपर्ने धारणा राखे ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा घरदैलो गर्न पुगेका उम्मेदवार कोइरालाले आफू निर्वाचित भएपछि सिमावर्ती क्षेत्रका बासिन्दाका समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । कोइराला घर–घरमा पुग्दा मतदाताहरु उत्साहित हुँदै स्वागत तथा सत्कार गरेका थिए । उनीहरुले बाँके क्षेत्र नम्बर २ ले खोजेको युवा उम्मेदवार कोइरालालाई नै पाएको भन्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पार्टीका अगुवा नेता राजकुमार बर्मा, नेपाली कांग्रेस नेपालगन्ज–१५ का सभापति जाबिर अलि बेहना, नेपाली कांग्रेस नेपालगन्ज–१४ का वडा सभापति सञ्जय बर्मा, पार्टीका युवा नेता ओम चौहान, सन्तोष मिश्र, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य एवम कांग्रेसका युवा नेता साहिल हल्वाई, मुस्लिम संघ बाँकेका जिल्ला सहसचिव रबिसा शर्मा हल्वाई लगायत वडा स्तरमा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यसअघि उम्मेदवार कोइरालाले मातृ शोकमा रहेका नेपाली कांग्रेस बाँकेका पूर्व उपसभापति एवम् अगुवा नेता सुनिल नरसिंह राणा, पार्टीका नेता सुदिप नरसिंह राणा र अनिल नरसिंह राणाको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP