नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यतासहित थप व्यवस्थित गर्छुः गौडेल
थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यतासहित थप व्यवस्थित गर्छुः गौडेल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १५, २०८२ बागेश्वरी पोस्ट
थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यतासहित थप व्यवस्थित गर्छुः गौडेल

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफू उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको बताए ।

‘म नेपाली काँग्रेसको जिल्ला सभापतिको नाताले पनि विभिन्न जात-जातिको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिएँ, अब उम्मेदवारको रुपमा छु । निर्वाचित गराएर पठाउनुहोस् नीति नै बनाएर आदिवासी जनजातिहरुको कला-संस्कृतिलाई थप व्यवस्थित बनाउँछु’–उनले भने । आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं. ११ मा थारु संग्राहलय र कोहलपुर वडा नं. २ मा दलित संग्राहलयलाई द्रुत गतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए ।

उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यतासहित थप व्यवस्थित गरिने पनि बताए । उनले धार्मिक पर्यटन प्रबद्र्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए । उनले नेचर गाइड, होम स्टे संचालन, पर्यापर्यटन, ¥याफटिङ, बन्जी जम्प एवम् टे«किङ जस्ता तालिमको व्यवस्था गरी पर्यटन प्रबद्र्धन गरी रोजगारीमा युवाहरुको पहुँच वृद्धि गर्ने पनि गौडेलले बताए । तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं. ४ र वडा नं. ६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP