नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १५, २०८२ बागेश्वरी पोस्ट
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल

नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले राष्ट्रिय मगर एकता दिवसको अवसरमा सम्पूर्ण मगरवासीलाई देशको समृद्धिको लागि सहकार्य गरेर अगाडि बढ्न अपिल गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले ४४औं राष्ट्रिय मगर एकता दिवसको शुभकामना दिँदै दिवसले राष्ट्रिय भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । पुनले दिवसको अवसरमा सम्पूर्णलाई शुभकामना दिँदै बहुभाषिक, बहुजातीय र बहुधार्मिक एकतालाई देशको समृद्धितर्फ लग्ने शक्तिको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

४४औं राष्ट्रिय मगर एकता दिवसमा शुक्रबार बैजनाथमा भएको कार्यक्रममा बोल्दै पुनले आगामी दिनमा देश उन्नतिको लागि सबैले सहकार्य र एकता कायम गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘हामी यो एकता दिवसले जसरी आज एउटै मंचमा उभिएका छौं । देश विकास र प्रगतिको लागि यसैगरी एकतावद्ध भएर सहकार्य गर्नुपर्छ । सबै क्षेत्र र वर्गको उन्नति हुने नेपालको निर्माण गर्नुछ । नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिको जर्गेना गर्ने दायित्व हाम्रो हो । समय अनुसार हामी अगाडि बढ्नुपर्छ । सबैभन्दा माथि देश छ भन्ने भावना बोकेर हिँड्नुपर्छ ।’

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशील कोइरालाको कार्यकालमा आफूले प्रथम सहिद घोषणा गर्ने कार्यमा समन्वयकारी भूमिका निर्वाह गरेको बताउँदै पुनले सहिदको बलिदानीलाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने,‘नेपालको मगर समुदायको पहिचान र अस्तित्वको लागि म सधैं सकारात्मक छु । म प्रथम सहिदप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । मगर जातीलाई मात्र होइन मगर दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना दिन चाहन्छु । 'पट्टकोके मगर दिवसौ मिनिनिङ आर्मीट्मे, झोर्ले, जेदौ, मिनिङ्गमेपाउ ।’


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP