नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १५, २०८२ बागेश्वरी पोस्ट
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड

नेपालगञ्ज । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाइ स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया, जेन्जी तथा युवाको सहभागिता बिषयक अन्तर–पुस्ता सरोकारवाला संवाद कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन आचारसहिंता अनुगमन अधिकृत पुर्ण बहादुर खत्रीले निर्वाचन आचारसंहिताको पूर्ण पालनका लागि प्रतिबद्ध रहेको बताए । आचारसंहिता पालनाको विषयमा हालसम्म ४८ वटा गुनासो प्राप्त भएको र सबै गुनासोको सम्बन्धमा सम्बन्धित निकाय तथा ब्यक्तिलाई जानकारी तथा निर्देशन दिएर फछ्र्यौट भइसकेको बताउँदै खत्रीले आचारसंहिताको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेका थिए । कुनै आग्रह वा पूर्वाग्रह नराखी स्वच्छ, निष्पक्ष तथा मर्यादित ढंगले निर्वाचन सम्पन्न गर्ने कार्यमा सबै पक्ष लाग्नुपर्नेमा उनको जोड थियो ।

सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले विगतको निर्वाचनबाट भएको सिकाईको आधारमा निर्वाचन केन्द्रलाई अपांगतामैत्री र सबैको पहुँचयोग्य बनाउनका लागि सम्बन्धित मतदान अधिकृतलाई निर्देशन दिइसकेको बताउँदै गुनासोरहित निर्वाचन सम्पन्न गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए । कार्यक्रममा बाँके जिल्लाका प्रहरी नायब उपरीक्षक दिपक पातलीले निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनका लागि आचारसंहिताको पालना गराउने कार्यमा कटिबद्ध भएर लागेको बताए । सुरक्षा निकायको तर्फबाट आमनागरिकलाई शान्तिको प्रत्याभूति गर्न र निर्धक्कका साथ निर्वाचन प्रक्रियामा भाग लिने वातावरण बनाउने कार्यमा गम्भिरताका साथ लागिपरेको बताउँदै निर्वाचनलाई मर्यादित र भयरहित बनाउन सबै ब्यक्ति स्वयं सचेत हुनुपर्ने उनको भनाई थियो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले वर्तमान अवस्थामा सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका सन्दर्भ सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका कार्यबाहक अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नियोक बाँके शाखाका पूर्व अध्यक्ष अधिबक्ता लोक बहादुर शाहले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै आम मतदातालाई मतदानमा सहभागी गराउने कार्यमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रमका सहभागीहरुले आम मतदातालाई निर्वाचनको विषयमा जागरुक बनाउनु आवश्यक रहेको बताएका थिए । 

सहभागीहरुले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक द्वन्द र अशान्ति फैलाउने गतिविधि बढेको उल्लेख गर्दै सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका थिए । सहभागीहरुले मतदान केन्द्रको बुथसम्म अपांगता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्ने विषय, भोट बदर कम गर्न प्रभावकारी निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने उपाय तथा सामाजिक सञ्जालको दुरुपयोग न्यूनीकरणका लागि रणनीति अपनाउनुपर्ने बिचार राखेका थिए । कार्यक्रमका सहभागी जेनजी (युवा) प्रतिनिधिहरुले भाद्र २३ र २४ गतेको आन्दोलनको मूल मर्म सुशासन र भ्रष्टाचार नियन्त्रण भएको स्मरण गर्दै युवाहरुको मागलाई सम्बोधन गर्नेतर्फ निर्वाचन केन्द्रित हुनुपर्ने बताएका थिए । 

गैरसरकारी संस्था महासंघ नेपालका लम्बिनी प्रदेशका सहसचिब शंकर शर्माले सञ्चालन गरेको अन्तर-पुस्ता सरोकारवाला संवाद कार्यक्रममा बिभिन्न नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, युवाहरु र बिभिन्न समूहका ब्यक्तिहरुले बोलेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ३ लाख मतदाता
बाँकेमा साढे ३ लाख मतदाता
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
मुस्लिम महिलालाई मतदाता शिक्षा
मुस्लिम महिलालाई मतदाता शिक्षा
खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP