नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १५, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'

कोहलपुर । नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । गौडेल घरघरमा पुग्दै मतदातासँग मत मागे । हात जोडेर नमस्कार गर्दै, कसैको घरमा, कसैको पसल अगाडि रोकिँदै उनले एउटै सन्देश दोहोर्‍याइरहे–‘भावनामा बगेर होइन, सोचेर मतदान गर्नुहोस् ।’ गौडेलको भनाईमा यो निर्वाचन सामान्य होइन ।

२०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ मै हुँदैछ । ‘यो चाहेर भएको निर्वाचन होइन, तर अब विकल्प पनि छैन,' उनले भने–‘यस्तो अवस्थामा विवेकपूर्ण निर्णय गर्नु झनै आवश्यक हुन्छ ।’ देशको वर्तमान अवस्थालाई उनले विषम परिस्थिति भएको पनि उल्लेख गरे । कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताप्रति जनताको असन्तुष्टि स्वाभाविक रहेको पनि उनले स्विकार गरे । ‘ठूला दलबाट कमजोरी भएको छ, युवाहरु र नागरिकहरु रिसाएका छन्,' उनले भने,–‘तर त्यो रिसलाई एकछिन काबुमा राखेर सोच्ने बेला आएको छ ।’ 

उनको आग्रह स्पष्ट थियो 'रिसले होइन, जिम्मेवारीबोधले मतदान गरौँ ।' लोकतन्त्र र संविधानको रक्षा अहिलेको प्रमुख दायित्व भएको भन्दै उनले त्यसका लागि काँग्रेसलाई समर्थन गर्न आग्रह गरे । घरदैलोका क्रममा गौडेलले बारम्बार दोहोर्‍याएको अर्को वाक्य थियो–‘काँग्रेस बदलिएर आएको छ ।’ भ्रष्टाचार र कुशासनविरुद्ध निर्मम बन्ने अठोटसहित काँग्रेस नयाँ संकल्पका साथ अघि बढेको उनको दाबी थियो । ‘काँग्रेस देश बदल्ने संकल्प लिएर आएको छ,' उनले भने–‘यो पटक काँग्रेसलाई जिताएर देशलाई जिताउने अभियानमा जुट्न म सबैसँग आग्रह गर्दछु ।’ उनले नागरिकका असन्तुष्टिहरु भाषण र आश्वासनले मात्रै समाधान नहुने स्पष्ट पारे । 

‘समाधानको बाटो नीतिगत सुधार हो,' उनले भने–‘त्यसका लागि बलियो राजनीतिक इच्छाशक्ति चाहिन्छ । योजना चाहिन्छ । सुझबुझपूर्ण निर्णय गर्न सक्ने नेता चाहिन्छ । त्यो भनेको गगन कुमार थापा हुन् ।’ घरदैलोको क्रममा धेरै मतदाताले पनि आफ्ना मनका कुरा खुलेर राखे । उनीहरुले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे । तर, नयाँ नेतृत्वसँगै परिवर्तनको सम्भावना देखिएको बताए । विशेष गरी गगन कुमार थापा नेतृत्वमा आएको नयाँ उर्जाले काँग्रेसभित्र सकारात्मक परिवर्तन आएको उनीहरुको धारणा थियो । ‘अब देशले मुहार फेर्छ कि भन्ने आशा पलाएको छ,’ सविता गिरीले भनिन् । आजको घरदैलो अभियानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP