नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले यसपालीको निर्वाचन विगत भन्दा फरक रहेको भन्दै योग्य उम्मेदवारलाई छान्ने अवसर नगुमाउन मतदातालाई आग्रह गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा शनिबार बिहान घरदैलोका क्रममा उनले जेन–जी आन्दोलनपछि कांग्रेसले मात्रै आफूलाई परिवर्तन गरेको दाबी गर्दै अबको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए । २००७ सालदेखि हालसम्म नेपाली कांग्रेसले देशमा परिवर्तनको नेतृत्व गरेको र भर्खरै भएको जेन–जी आन्दोलनपछि पनि कांग्रेसले नै आफूलाई परिवर्तन गरेको उनले बताए ।

‘जेन–जी आन्दोलनपछि कांग्रेसले आफ्नो नेतृत्व मात्रै परिवर्तन गरेन, नीति पनि परिवर्तन गरेर यो चुनावमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६ ठाउँमा म जस्ता युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएर गतिलो उदाहरण प्रस्तुत गरेको छ,’ कोइरालाले भने, ‘कांग्रेस बद्लिएर आएको छ, देश बदल्ने अठोट लिएको कांग्रेसलाई यस पटक आफ्नो मत दिएर योग्य र सक्षम उम्मेदवार विजयी गराउनुहोस्, विकास र समृद्धि ल्याउने मौका दिनुहोस् ।’

बाँकेको क्षेत्र नम्बर २ मा स्वर्गीय सुशील कोइरालाले विगतमा ठूला विकासका आयोजनाहरु ल्याएको स्मरण गर्दै स्वर्गीय कोइरालाले छाडेर गएका सपनालाई साकार पार्न आफूले सच्चा जनप्रतिनिधि भई काम गर्ने प्रतिवद्धता जनाए । घरदैलोमा पुग्दा आफूप्रति मतदाताहरुको एकदमै उत्साह रहेको पाइएको उनले बताए । ‘मलाई अहिले जति स्वागत र सत्कार गर्नुभएको छ, यो मायालाई यही फागुन २१ गतेका दिन आफ्नो अमूल्य मत दिएर साकार पार्नुहोस्,’ कोइरालाले अगाडि थपे ।

घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा नम्बर १३ का वडा सभापति शालिकराम शाह, नेपाली कांग्रेसका युवा नेता बीरेन्द्रबहादुर शाह, गोपाल भट्टराई, सत्यनारायण यादव, ओमप्रकाश चौहान, वडा उपसभापति भुषणकुमार शाह, कांग्रेस नेतृ रत्ना राणा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सो क्रममा नेपालगन्ज–१३ अन्तरगत पर्ने बुलबुलिया, घसियारन टोल, रंगशाला टोल लगायत स्थानमा पुगेर मतदातालाई भेटघाट गरिएको थियो ।

 


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP