नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !
मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का स्थानीयले यस पटक आफ्नो मत बदल्ने उद्घोष गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट बाँके, क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला समक्ष मतदाताले यस्तो उद्घोष गरेका हुन् ।  घरदैलोका क्रममा शनिबार बिहान वडा नम्बर ८ मा उम्मेदवार कोइराला पुगेका बेला मतदाताहरुले मत बदल्ने भन्दै ढुक्क हुन आश्वस्त पारे ।

बाँकेको क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महत्वपूर्ण वडाको रुपमा चिनिन्छ । उक्त वडाका मतदाताहरु पनि जितका लागि निर्णायक मानिन्छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यहाँका मतदाताले नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई सभासदमा निर्वाचित गराएर पठाएका थिए । कोइराला निर्वाचित भएपछि बाँके जिल्लाले इतिहासमै पहिलो पटक प्रधानमन्त्री पाएको थियो ।

प्रधानमन्त्री कोइरालाकै नेतृत्वमा २०७२ सालमा देशले संविधान पाएको थियो । कोइरालाको पहलबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अर्बौं रुपैयाँको एडिबीको आयोजना, राप्ती खानेपानी आयोजना लगायतका ठूला विकासका कामहरु अगाडि बढेका थिए । त्यस अघि पनि कोइरालाको पहलबाट बाँकेमा सिक्टा सिंचाइँ आयोजनासहित थुप्रै विकासका पूर्वाधारहरु आएका थिए ।

पूर्व प्रधानमन्त्री कोइरालाको निधनपछि भने बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले लगातार १२ वर्षदेखि संसदमा प्रतिनिधित्व गर्न पाएको छैन । २०७४ र २०७९ को निर्वाचनमा कांग्रेस बाहेक अरु दलले चुनाव जिते पनि अपेक्षाकृत रुपले काम हुन नसकेको र त्यसबेला कांग्रेसको अभाव खड्किएको अहिले मतदाताहरु बताइरहेका छन् । ‘सुशील कोइरालाको निधन भएपछि हाम्रो क्षेत्र अभिभावक बिहिन जस्तै बन्न पुग्यो, २०७४ र २०७९ मा हामीले लहडमा लागेर अरु पार्टीलाई चुनाव जितायौं,’ नेपालगन्ज–८ का एक स्थानीयले भने, ‘यस पटक हामी मत बदल्छौं, यस पटक हामी कांग्रेसलाई नै जिताउँछौं, तपाईं (शुधान्सु) युवा पनि हुनुहुन्छ, यो क्षेत्रले साँच्चिकै खोजेको प्रतिनिधि हुनुहन्छ, चुनाव जित्नेमा ढुक्क हुनुहोस् ।’ स्थानीय बासिन्दाको कुरा सुनेपछि उम्मेदवार कोइराला उत्साहित हुँदै आफू सांसद भएपछि जनताका समस्यालाई सडक र सदनमा बोलिरहने प्रतिबद्धता जनाए ।

नेपालगन्ज ८ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै वडा सभापति निजामुद्धिन सिद्धिकी ‘मुन्ना’, कांग्रेस नेता एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, महासमिति सदस्य निजामुद्धिन अन्सारी ‘छोड्कौ’, पार्टीका नेता प्रहलाद लखेर, बीरेन्द्र बहादुर शाह, बन्दना सिंह लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !
मत बदल्ने मतदाताको जवाफले कोइराला उत्साहित !
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
मतदाता शिक्षा कार्यक्रम संचालन
मतदाता शिक्षा कार्यक्रम संचालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP