नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील
पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील

नेपालगञ्ज । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, मानव अधिकारको प्रत्याभूति र नागरिक सशक्तिकरणको उत्कृष्ट अवसरका रूपमा लिन सकिने बताउँदै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा विश्वसनीय बनाउन सञ्चारकर्मीसहित सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको जनाएको छ ।

महासचिव पाण्डव शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनको सरगर्मी बढिरहेका बेला सञ्चारकर्मीहरू आफ्नो पेशागत दायित्व निर्वाहका लागि अहोरात्र क्रियाशील रहेको उल्लेख गर्दै निर्वाचनका प्रक्रिया र विविध आयामबारे पत्रकार जानकार, सचेत र जिम्मेवार हुन आवश्यक रहेको जनाइएको छ । समितिले पत्रकार, सञ्चार माध्यम तथा सम्बद्ध सबैलाई विशेष ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण र सफल बनाउन पत्रकार तथा सञ्चार माध्यमहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध पक्षले पनि सहज वातावरण सिर्जना गर्नुपर्ने बताइएको छ । पत्रकारहरूलाई सहज र तथ्यगत रिपोर्टिङ गर्ने अवस्था बनाइनुपर्नेमा जोड दिँदै पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को पूर्ण पालना अनिवार्य रहेको र निर्वाचन आयोग नेपालद्वारा जारी निर्वाचन आचार संहिता, २०८२ समेत पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।

प्रदेश समितिले सञ्चारकर्मीसहित सम्बद्ध सबै सरोकारवालालाई विभिन्न बुँदामा अपील गर्दै मतदानको गोपनीयता कायम राख्न, मतदाताको व्यक्तिगत विवरण वा मत परिणाम पूर्वानुमान गर्ने गरी कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको व्यक्तिगत चरित्र हत्या गर्ने, घृणा फैलाउने, जातीय, धार्मिक वा क्षेत्रीय द्वेष भड्काउने तथा भ्रमपूर्ण सूचना फैलाउने समाचार वा सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ । तथ्य जाँच (फ्याक्ट चेक) गरेर मात्र समाचार सम्प्रेषण गर्न, सामाजिक सञ्जालमा आएका सूचना वा सामग्रीमा भर नपर्न र अफवाह वा असत्य सूचनाबाट टाढा रहन पनि अनुरोध गरिएको छ ।

सञ्चार माध्यमहरूले निर्वाचनसम्बन्धि समाचारलाई सन्तुलित, निष्पक्ष र तथ्यपरक बनाउँदै सबै पक्षको आवाजलाई समान स्थान दिनुपर्ने, निर्वाचन प्रक्रियालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारको प्रचारप्रसार वा राजनीतिक पक्षधरता नदेखाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी समाचार संकलन र सम्प्रेषणकै आधारमा पत्रकारलाई त्रसित बनाउने, मानसिक वा भौतिक दबाब दिने तथा सूचना प्रवाहमा अवरोध पुर्‍याउने कार्य कसैले पनि नगर्न आग्रह गरिएको छ । सञ्चार माध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेमा कानुनी उपचार खोज्न वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने जनाइएको छ ।

मतदान केन्द्र, मतगणना स्थल वा अन्य संवेदनशील क्षेत्रमा रिपोर्टिङ गर्दा व्यक्तिगत सुरक्षा मापदण्ड अपनाउन, जोखिमपूर्ण अवस्थामा सतर्क रहन तथा आवश्यक परे महासंघको प्रदेश वा जिल्ला शाखा वा प्रहरी प्रशासनसँग सम्पर्क गर्न पनि समितिले अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति निर्वाचन अवधिभर पत्रकारहरूको सुरक्षा, आचारसंहिता पालना तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको दबाब, धम्की वा असुरक्षा महसुस भएमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ ।

May be an image of text


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP