नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला
‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला

नेपालगन्ज ।  बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले देशकै पुरानो र ऐतिहासिक सहर नेपालगन्जका नागरिकले यस पटकको निर्वाचनमा एकदमै सुझबुझका साथ मतदान गर्ने विश्वास ब्यक्त गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ र वडा नम्बर ७ मा घरदैलो गरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्रिभुवन चोक वरिपरी रहेका बस्तीका नागरिकले कस्तो प्रतिनिधि छानेपछि क्षेत्र नम्बर २ को विकास हुन सक्छ, कसले जनताको नजिकमा सामिप्यता राखेर काम गर्न सक्छ भन्ने कुरा राम्ररी बुझेको बताए ।

‘म अहिले जहाँ–जहाँ जान्छु, जुन–जुन टोलमा जान्छु, जुन गल्लीमा गएको छु, एकदमै माया पाएको छु, एकदमै शुभकामना पाएको छु,’ उम्मेदवार कोइरालाले भने, ‘म विश्वस्त छु, नेपालगन्ज र डुडुवाबासीको आशिर्वादले हामी विजय प्राप्त गर्नेछौं ।’ आफू पहिलो पटक चुनाव लडेको र नयाँ अनुहारका रुपमा पार्टीले जनताको विश्वास जित्न पठाएको बताए ।

‘म फ्रेस क्याण्डिडेट हो, २०८४ मा हुने निर्वाचन २०८२ मा हुँदैछ,’ उनले भने, ‘त्यत्रो जेन–जी आन्दोलन भयो, नेपाली कांग्रेस नै आन्दोलनको भावना अनुरुप नेतृत्व मात्रै नभएर नीति परिवर्तन गरेर जनता माझ गएको छ ।’ जेन–जी आन्दोलनका क्रममा भ्रष्टाचार बिरुद्ध र सुशासनको पक्षमा जनताको आवाज उठेकाले आफ्नो पनि सोही मुद्दा रहेको बताए ।

‘पार्टीले मलाई भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, सरल स्वभाव र अहिलेसम्म कुनै दाग नलागेको व्यक्ति भनेर नै मलाई उम्मेदवारको रुपमा उभ्याएको छ,’ कोइरालाले भने, ‘जसरी स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा आफूमा कुनै दाग लाग्न दिनु भएन, हाम्रो परिवारका सदस्यमाथि पनि कुनै पनि दाग लागेको छैन, म पनि आफूले भ्रष्टाचार नगर्ने र सुशासनको पक्षमा आवाज उठाउने दृढताका साथ जनताको सेवा गर्नको लागि अगाडि बढेको व्यक्ति हुँ ।’ नेपाली कांग्रेसको राजनीतिक मुद्दा धर्म, जात, लिंग नभएको उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालसहित वडा सभापति ऋचा द्विबेदी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, पार्टीका महासमिति सदस्य डा. सुरेशकुमार कनोडिया, पूर्व वडा सभापति एवम् कांग्रेस बाँकेका जिल्ला सदस्य अनिल कुमार श्रेष्ठ, अरुण सिंह राठौर, कांग्रेस नेता राजु सरदार, सत्यप्रकाश ठटेर, जयप्रकाश ठटेर लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा भएको घरदैलोका क्रममा वडा सभापति नवीन भट्ट, महाधिवेशन प्रतिनिधि कमला भट्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, कांग्रेस नेता रमेश नाग, नेताहरु बीरेन्द्र पछाई, सुरेश श्रेष्ठ, मेराज अहमद, नेपाल साँस्कृतिक संघका केन्द्रिय सदस्य जिनु हक,  मुस्लिम संघ बाँकेका जिल्ला सहसचिव रबिसा शर्मा हल्वाई, संघका उपमहानगर अध्यक्ष फरिदुल हक, अरुण बिक्रम शाह, विजय नाग, सिता पछाई, राधा खड्का, पुष्पा पन्त, इन्द्रा पछाई, उत्तम मानन्धर, शेकानमान पति, गिता गौतम लगायतको उपस्थिति रहेको थियो ।

उम्मेदवार कोइरालाले शनिबार नै बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ र वडा नम्बर ८ तथा बेलुकी पख नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ र वडा नम्बर २० मा पनि उत्साहजनक रुपले घरदैलो कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिल सिंह हमालले जानकारी दिएका छन् ।  

   
 


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
"मत परिवर्तन नगर्नु होला, म तपाईंहरूको साथमै छु” - बिष्ट 
"मत परिवर्तन नगर्नु होला, म तपाईंहरूको साथमै छु” - बिष्ट 
वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई
वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई
‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला
‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला
समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP