नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १७, २०८२ बागेश्वरी पोस्ट
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

नेपालगन्ज  । बाँके क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले जनताको सम्पर्कमा रहिरहन सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ र नेपालगन्ज–१९ तथा डुडुवा गाउँपालिका वडा नम्बर ३ मा आइतबार भएको घरदैलोका क्रममा उम्मेदवार कोइराला समक्ष उपस्थित भएका मतदाताले यस पटक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित्न लागेको भन्दै जितेर गएपछि पनि जनप्रतिनिधिको अनुभूति दिलाउन उनीहरुले सुझाव दिएका हुन् ।

‘हामीले जिताएर पठाएका जनप्रतिनिधिहरु यो बीचमा फर्केर कहिल्यै आएनन्, उधारो आश्वासन मात्रै बाँडेर गए, तपाईं निर्वाचित भएर जानुभयो भने हामी जनतालाई कहिल्यै नबिर्सिनुहोला ।’ जनप्रतिनिधि जनतासँगै रहेको अनुभूति आफूहरुले सधैंभरी गर्न पाउनुपर्ने नेपालगन्ज र डुडुवाका अधिकांश मतदाताहरुको अपेक्षा रहेको छ ।

मतदाताको कुरा सुनिसकेपछि उनीहरुलाई आश्वस्त पार्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएपछि जनताको निरन्तर सम्पर्कमा रहेर सेवा दिने प्रतिवद्धता जनाए । ‘म जहाँ–जहाँ पुगेको छु, त्यहाँका जनताले आफूले जिताएको जनप्रतिनिधिलाई सहज रुपमा भेट्न पाइयोस् भन्ने अपेक्षा गर्नुभएको छ, यो स्वभाविक कुरा हो,’ उनले भने, ‘मैले पनि उहाँहरु समक्ष म सधैं तपाईले सहज रुपमा भेट्न पाउने अवस्थामा हुनेछु, म जनताको आवाज संसदमा बोल्नेछु, सडकमा आएर जनतालाई सधैंभरी साथ दिनेछु भनेर भनेको छु ।’

नेपालगन्ज–१३ मा घरदैलो गर्ने क्रममा उम्मेदवार कोइरालासँगै पार्टीका नेता राकेशकुमार श्रीवास्तव, युवा नेता बीरेन्द्र शाह, संदिपजंग शाह, दिनकर भट्टराई लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सो क्रममा वडा नम्बर १३ को गंगापुर, महापुरुवा, लाालापुरुवा, खट्कनपुरुवा, तेलियनपुरुवा लगायत स्थानमा घरदैलो गरिएको थियो । यस्तै नेपालगन्ज–१९ स्थित नयाँ बस्तीमा भएको घरदैलोका क्रममा नेपाली कांग्रेसका नेता तथा वडा नम्बर १९ का वडा अध्यक्ष पर्शुराम कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित हल्बलडोली लगायत गाउँमा गरिएको घरदैलोका क्रममा पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, नेतृ एवम् गाउँपालिका उपाध्यक्ष साहिदा बानो, नेपाली कांग्रेस डुडुवा–३ का वडा सभापति छोटेलाल बर्मा, स्थानीय नेताहरु सकिल खाँ, जालिया खाँ, समसुद्धिन खाँ, लम्बु हाजी, गिर्खाउन खाँ लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP