नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १८, २०८२ बागेश्वरी पोस्ट
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

नेपालगन्ज । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका अमर सिंह पुनले नेपाली जनताले अपेक्षा गरेको सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके क्षेत्र नम्बर–३ लाई समुन्नत बनाउने आफ्नो मुख्य प्रतिवद्धता भएको बताएका छन् । पुनले सुकुम्वासी, भूमिहिनहरुका समस्यालाई नीतिगत रुपमा सम्बोधन गर्नको लागि नयाँ ढंगले काम गर्ने बताए । आफूलाई अत्याधिक मतसहित विजयी गराएर बाँके क्षेत्र नम्बर–३ का जनताले नेतृत्व गर्ने अवसर प्रदान गर्ने पुनले विश्वास गरे ।  

स्थानीय जनताका समस्यालाई सम्बोधन गर्न आफू सक्षम रहेको बताउँदै पुनले भने,‘घरदैलोका क्रममा आम मतदाताले हामीलाई अथाहा माया र विश्वास गर्नुभएको महशुस भयो । तर, हामीले उहाँहरुको मनोभावनालाई बुझेर काम गर्न सकिरहेको छैनौं । जनतालाई सुशासन र विकास चाहिएको छ । त्यो आम नेपालीको चाहना पनि हो । हामी नयाँ नेतृत्व र नीति लिएर जनता माझ आएका छौं । नेपाली जनताको समृद्धिको सपना हाम्रो लक्ष्य हो ।’

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधान सभा सदस्य पुनले मान खोलाले बाँके क्षेत्र नम्बर ३ का धेरै जनताको जमिन कटानमा परेको समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताए । बाँके क्षेत्र नम्बर ३ ले कृषि क्षेत्रबाट आर्थिक उन्नति गर्न सक्ने सम्भावना भएकोले यहाँको जनतालाई कृषिबाट आर्थिक उन्नति गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पुनले बताए । उनले भने,‘नेपाली कृषकको आत्मसम्मान गर्न सक्नुपर्छ । नेपालले अब कृषि क्षेत्रलाई आर्थिक उन्नतिको सशक्त माध्यम बनाउनुपर्छ । त्यसको लागि नयाँ प्रविधि र नयाँ सोचको खाँचो छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सके मात्र यहाँको कृषि क्षेत्रको विकास गर्न सकिन्छ ।’

कृषि क्षेत्रको मुख्य समस्या, सिँचाई, उन्नत जातका बीउ, मल अभावको समस्या समाधानमा आफूले विशेष चासो दिएर काम गर्ने पुनले प्रतिवद्धता जनाए । सिक्टा सिँचाई आयोजना र भेरी बबई डाईभर्सन आयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न पहल गर्ने उनले बताए । बाँकेका युवाको भविष्यसँग जोडिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई खजुराबाटै संचालन गर्ने गरी व्यवस्थापन गर्न आफू कटिवद्ध रहेको पुनले बताए । 

नौवस्ता आद्योगिक क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लगानी भित्र्याउँदै युवाहरुलाई रोजगारीसँग जोडेर आर्थिक विकासमा योगदान गर्ने आफ्नो प्रमुख एजेन्डाको रुपमा रहेको पुनले बताए । बाँके क्षेत्र नम्बर ३ मा भएका खेलकुद पूर्वाधारको स्तर उन्नति गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने योजना बनाएर काम गर्ने पुनले प्रतिवद्धता जनाएका छन् । 

 


प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP