नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १८, २०८२ बागेश्वरी पोस्ट
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले उद्योग–व्यवसाय प्रर्वद्धन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अठोट लिएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको उद्योगी-व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अठोट लिएका हुन् ।

प्रचार–प्रसारको अन्तिम दिन उद्योगी-व्यवसायीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेसको अर्थ/व्यवसायको उदार नीतिले नै नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन भएको बताए । व्यवसायीका सवाललाई आफूले पनि उच्च प्राथमिकतामा राखेको कोइरालाको भनाई छ । उम्मेदवार कोइरालाले नेपालगन्जको उद्योग, व्यवसाय विकासमा आफू जानकार रहेकाले निर्वाचित भएपछि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । ‘अहिलेसम्म जति पनि राजनीतिक र आर्थिक क्रान्ति भएका छन्, कांग्रेसको नेतृत्वमा भएका छन्,’ उनले भने, ‘म उद्योगी, ब्यवसायीसँग बसेको छु, उद्योगी ब्यवसायीका धेरै पीडा छन्, मैले राम्ररी बुझेको छु ।’

May be an image of one or more people and text

कार्यक्रममा नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक गोपालप्रसाद अधिकारीले बद्लिएको काँग्रेसले नै देशको अर्थतन्त्रलाई उभो लगाउन सक्ने स्पष्ट भिजन प्रस्तुत गरेको भन्दै काँग्रेसका उम्मेदवारलाई जिताउन आहवान गरे । नेपालगन्ज क्षेत्रका प्रतिष्ठित उद्योगी-व्यवसायी सम्मिलित भेलाले कोइरालालाई समर्थन गर्दै अग्रिम विजयीको शुभकामना दिएका थिए । नेपालगन्जका वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यले उम्मेदवार कोइराला जित नजिक पुगिसकेको भन्दै शुभकामना दिएका थिए । उनले अहिले उद्योगी, ब्यवसायीले आफ्ना माग राख्ने भन्दापनि निर्वाचित भएपछि बसेर उद्योगी, ब्यवसायीका समस्या र सवालबारे कोइरालासँग छलफल गरिने बताए । उक्त कार्यक्रममा ब्यवसायी धु्रब प्रसाद दाहालले कोइराला मात्र स्पष्ट भिजन र क्षमता भएको उम्मेदवार भएको बताएका थिए । कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

May be an image of one or more people, dais and text

May be an image of one or more people


प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP