नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण
बागेश्वरी पोस्ट
बिहीबार, चैत ५, २०८२ बागेश्वरी पोस्ट
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाका एक सय जना महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ । एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहित सामग्री भएको किट व्याग प्रदान गरिएको हो ।

सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि बैजनाथ गाउँपालिका बाँकेकी उपाध्यक्ष निर्मला रोकायले महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने स्वस्थ सामग्री प्रदान गर्नु महत्वपूर्ण रहेको बताइन् । "महिलाहरु बिभिन्न रोगबाट पीडित छन्"–रोकायले भनिन्–"महिनावारी हुँदा प्रयोग गर्ने अस्वस्थकर प्याडहरुले महिलाहरुलाई बिभिन्न रोगबाट पीडित बनाउन सक्छ, तसर्थ गुणस्तरीय प्याडहरु प्रयोग गर्नुहोस् ।" उनले पालिकाबाट बर्षेनी सेनेटरी प्याड बितरणका नाममा लाखौं रकम खर्च गरेको उल्लेख गर्दै एक पटक लगानी गरेर लामो समय प्रयोग गर्न मिल्ने गुणस्तरीय कपडाको प्याड बितरणका लागि आगामी दिनमा योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष रुप बहादुर मल्लले महिलाहरुबाट माग भएमा पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन तथा बितरणका लागि बजेट बिनियोजन गर्ने बताए । कार्यक्रममा साना किसान सहकारी संस्था चिसापानीकी अध्यक्ष मालती शाह, निबर्तमान अध्यक्ष एकता शाह लगायतले बोलेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन महासचिव कल्पना अधिकारीले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि, अतिथीहरुले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर १ को सुतैया, च्यामा, गाभर, चिसापानी लगायत बिभिन्न टोलका महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरेका थिए । कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षाबारे प्रशिक्षण दिएका थिए । फ्रिडम किट व्याग प्राप्त गरिसकेपछि प्रतिक्रिया दिँदै च्यामाकी लक्ष्मी बुढाले खुशी व्यक्त गर्दै महिनावारी स्वच्छताका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी भएको बताइन् ।
 
के हो फ्रिडम किट व्याग ?
महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड ईन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर प्रुफ पर्स लगायत पेन्टि, साबुन रहन्छन् । बजारमा पाइने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसारभर बैकल्पिक प्याड प्रयोगको बहस भइरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको छ । यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्ने गर्दछ । पाठेघरको क्यान्सर र बाझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट व्याग उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ । 

पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार बर्षसम्म नकुहिने, बाताबरण प्रदुषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग बाताबरणमैत्री समेत छ । यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका ब्यक्तिहरुको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ बर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत बर्ग समुदायलाई प्राथमिकतामा राखेर बितरण निःशुल्क बितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा १५ सय पर्न जान्छ । जुन ३ बर्षसम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ को समिक्षा, दिगोपनामा जोड
आगलागी हुँदा पाँच घर जलेर ध्वस्त
आगलागी हुँदा पाँच घर जलेर ध्वस्त
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP