नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके प्रहरीद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक
बाँके प्रहरीद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ४, २०८३ बागेश्वरी पोस्ट
बाँके प्रहरीद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चैत महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ । बाँके प्रहरीले दिएको जानकारी अनुसार उक्त अवधिमा अपराध नियन्त्रण, अनुसन्धान, शान्तिसुरक्षा र समुदायस्तरका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिएको  छ । चैत महिनामा कुल २०१ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये जघन्य तथा गम्भीर अपराध ६० वटा, सामान्य अपराध १३२ वटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दामा १४ जना पक्राउ परेका छन् । आर्थिक अपराधका ५६ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालू मुद्दामा १७१ प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका ३२ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ । सम्पत्ति शुद्धिकरण सम्बन्धि कुनै मुद्दा दर्ता नभएको जनाइएको छ । फैसला कार्यान्वयनतर्फ ६२ जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट १९ वर्ष १ महिना २४ दिन कैद असुल भएको र २८ लाख ८९ हजार २८० रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धि १०३ वटा उजुरी परेकोमा ८२ वटा फछ्र्योट गरिएको र २१ वटा बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । उमेर समूह विश्लेषण अनुसार १८–२५ वर्षका २५ जना र २६–३९ वर्षका ५२ जना पीडित तथा पीडक रहेका छन् । हराएका तथा फेला परेका व्यक्तिहरूको विवरण अनुसार २५ महिला, १९ बालिका, ४ बालक, १ ज्येष्ठ नागरिक पुरुष र ४ पुरुष हराएका छन् । तीमध्ये ११ महिला, १३ बालिका, ३ बालक, १ ज्येष्ठ नागरिक पुरुष र १ पुरुष फेला परेका छन् भने १४ महिला, ६ बालिका, १ बालक र ३ पुरुष अझै फेला नपरेको प्रहरीले जनाएको छ । 

घरेलु हिंसासम्बन्धि ६८ वटा उजुरी परेकोमा ५२ वटा मिलापत्र वा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यस्तै, प्रत्यक्ष रूपमा कार्यालयमा ५२३ वटा उजुरी परेकोमा ३२६ वटा फछ्र्योट गरिएको, ५ वटा सम्बन्धित निकायमा पठाइएको र १९१ वटा बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । लागू औषध नियन्त्रणतर्फ २२ वटा मुद्दा दर्ता गरी ४३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले १९३ ग्राम ८४० मिलिग्राम ब्राउनसुगर, ४ किलो ७१० मिलिग्राम गाँजा, ५१२ क्याप्सुल ट्रामाडोल र १८८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चैत महिनाको मुख्य घटनामा नेपालगन्ज–१२ कोरियनपुरमा २२ वर्षीया सिर्जना बुढा मगरको जलेर मृत्यु भएको घटनालाई प्रहरीले प्रमुख रूपमा उल्लेख गरेको छ । उक्त घटनामा संलग्न रहेको शंकामा मो। आरिफ ढपालीसहित उनका परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका उनका बुवा र भाइलाई नयाँ दिल्लीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनातर्फ ३६ वटा दुर्घटनामा ७ जनाको मृत्यु र ४४ जना घाइते भएका छन् । ती दुर्घटनामा ५४ सवारी साधन संलग्न रहेको र तीव्र गति मुख्य कारण रहेको प्रहरीले जनाएको छ । चेकिङका क्रममा १७८१ कारबाही गरी १५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । अवैध हातहतियारतर्फ १ थान कटुवा पेस्तोलसहित ४ जना पक्राउ गरिएको छ । भन्सार छली नियन्त्रणतर्फ ३१ लाख २७ हजार २७९ रुपैयाँ बराबरका सामानसहित ३ जना र ९ सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाँके प्रहरी, प्रहरी उपरीक्षक अंगुर जिसीको कमाण्डमा छ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके प्रहरीद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक
बाँके प्रहरीद्वारा चैत महिनाको प्रगति विवरण सार्वजनिक
सबै साझेदारको सहकार्यले नतिजा ल्याउन सकिन्छः सचिब भण्डारी
सबै साझेदारको सहकार्यले नतिजा ल्याउन सकिन्छः सचिब भण्डारी
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP