नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन
क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १०, २०८३ बागेश्वरी पोस्ट
क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगञ्ज । नेपालगञ्जमा क्रियाशील पत्रकार महिला बाँकेले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले भित्तेपात्रो सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले पत्रकार महिलाको व्यवसायिकता र दक्षता अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा लागिरहेको उल्लेख गरे । उनले पत्रकार महिलाहरूको यस्तो क्रियाशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूको व्यवसायिक सशक्तीकरणका लागि नयाँ योजनाहरू अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । साथै, सरकारी विज्ञापन वितरणमा देखिएको विभेदप्रति राज्य गम्भीर बन्नुपर्ने उनको धारणा थियो।

क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्व अध्यक्ष उमा थापा मगरले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै विगतदेखि हालसम्मका चुनौतीहरूबारे चर्चा गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीले “हामी बोल्छौं, हामी लेख्छौं र हामी बदल्छौं” भन्ने नाराले पत्रकार महिलाको सक्रियता झल्काउने बताउँदै आगामी दिनमा थप सशक्त भूमिका खेल्न आग्रह गरे। अर्का पूर्व अध्यक्ष निरज गौतमले पत्रकार महिलाहरुको क्रियाशीलताका लागि आफूले सधैं सकेको सहयोग गर्ने बताउँदै पत्रकार महिलाहरुलाई निरन्तर क्रियाशील रहन सुझाव दिए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले क्रियाशील पत्रकार महिलाहरूका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै व्यवसायिक विकास र सहभागितामा निरन्तर सहयोग रहने बताए ।

कार्यक्रममा कार्यालय व्यवस्थापनका लागि सहयोग गर्ने अर्बन फर्निचर एण्ड फर्निसिङ हब प्रालिका सञ्चालक अफजल खान र भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सुवि एजुकेशन एण्ड भिसा सर्भिसका प्रोप्राइटर बिनोज बास्तोलालाई सम्मान गरिएको थियो । साथै, थारु पत्रकार संघ बाँकेका नवनिर्वाचित अध्यक्ष जागेश्वर सिंह थारुलाई बधाई ज्ञापन गरिएको थियो ।

अध्यक्ष सावित्री गिरीले भित्तेपात्रो प्रकाशनलाई पहिलो प्रयासको रूपमा लिँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताइन् । उनले स्मारिका प्रकाशनको अनुभवलाई उपयोग गर्दै भित्तेपात्रो प्रकाशन सफल भएको उल्लेख गर्दै पत्रकार महिलाहरूलाई थप व्यवसायिक बनाउने लक्ष्य रहेको बताइन् । साथै, पत्रकार महिलाहरूको पारिश्रमिकका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय सदस्य मो. आरिफ अन्सारी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री र चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP